राप्ती नदीमा सोमबार २३औँ संस्करण महाआरती हुने

राप्ती नदीमा सोमबार २३औँ संस्करण महाआरती हुने

नेपालगन्ज १३ असार : बाँकेको राप्ती नदी सिधनियाघाटमा आगामी सोमबार २३औँ संस्करण गंगा महाआरती हुने भएको छ ।

बाँके डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा महाआरती तयारी गरिएको हो ।

महाआरतीमा बाँके जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण भक्तजन आउने गर्दछन । त्यस अवसरमा विशेष पुजापाठ समेत गरिन्छ । धार्मिक पर्यटन प्रवद्र्धन, राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्न नियमित रुपमा महाआरती हुदै आएको मन्दिरका संरक्षक तथा पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताए ।

Duduwa Tato hawa Bachau Image

महाआरतीलाई प्रत्येक महिनाको पुर्णिमाका दिन नियमित रुपमा गरिदै आएको अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव मन्दिर समितिका अध्यक्ष घनश्याम गुप्ताले जानकारी दिए । उनका अनुसार असार १५ पर्ने सोमबारका दिन हुने महाआरतीलाई भव्यता दिन आवश्यक तयारी गरिएको छ । सोमबार पुर्णिमाका दिन साँझ महाआरती हुने जनाइएको छ ।