पहिलो ‘थारू फूड फेस्टिभल’ : उत्साहजनक उपस्थिती
थारु परिकार र साँस्कृतिक कार्यक्रमा झुमे दर्शक
- | अर्थ | नेपाखबर | मनोरञ्जन
- १८ वैशाख २०८३, शुक्रवार
- नेपाखबर
नेपालगन्ज १८ बैशाख : नेपालगन्जमा रहेको होटल सोल्टीले आयोजना गरेको पहिलो ‘थारु फूड फेस्टिभल’मा उत्साहजनक उपस्थिती पाइएकोछ । नेपालगन्जको भुजईगाँउस्थित होटल सोल्टीको प्राङ्गणमा सञ्चालित थारु फूड फेस्भिलमा उत्साहजनक उपस्थिती पाइएको हो ।
भर्खरै नेपालगन्जको वाटरपार्कमा सडक खाना महोत्सव सफलतापूर्वक सम्पन्न भएलगत्तै पाँचतारे होटल सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगन्जले आयोजना गरेको पहिलो पटक ‘थारू फूड फेस्टिभल’ दर्शकहरुले विभिन्न खानाका परिकारसँगै थारु साँस्कृतिक कार्यक्रमको भरपूर आनन्द लिए ।
सभ्य र भब्यरुपमा पारिवारिक वातावरणमा सञ्चालित होटल सोल्टीको थारु फूड फेस्टिभलको पहिलो दिन अपेक्षित भन्दा केही बढीको उत्साहपूर्ण उपस्थिती भएको सोल्टी होटलका महाप्रबन्धक राजविक्रम शाहले जानकारी दिए ।
‘फेस्टिभल अवधिभर कम्तिमा पनि ग्यारेन्टेड पाँच सयलाई सेवा दिने हाम्रो लक्ष्य हो, पहिलोदिन उत्साहजनक उपस्थित पायौं’ उनले अगाडी थपे–‘मौसममा आएको परिर्वतनले वर्षा गराउँदा केही असहज भयो ।’
उनका अनुसार विशेषगरि थारू समुदायको मौलिक स्वाद र सांस्कृतिक सम्पदालाई उत्सवका रूपमा प्रस्तुत गर्न पहिलोपटक नेपालगन्जस्थित होटल परिसरमा तीन दिने ‘थारू फूड फेस्टिभल’ आयोजना गरिए हो ।
उनका अनुसार वैशाख १७ देखि १९ गतेसम्म सोल्टी होटल नेपालगन्जमा फेस्टिभल आयोजना हुनेछ । फेस्टिभलमा अनुभवी सेफहरूले तयार पारेका विभिन्न २० प्रकारका परम्परागत थारू परिकारहरू प्रस्तुत गरिएकाछन् ।
महाप्रबन्धक शाहका अनुसार फेस्टिभलमा थारू परिकारसँगै थारू संस्कृति र परम्परालाई झल्काउने वातावरणसमेत सिर्जना गरिएको छ । कार्यक्रमको उद्देश्य पाहुनाहरूलाई थारू खानाको समृद्ध परम्परासँग परिचित गराउनुका साथै स्थानीय बासिन्दा र आगन्तुकलाई यसको विशेष स्वाद, प्रस्तुति र सांस्कृतिक महत्व अनुभव गर्ने अवसर प्रदान गर्नु रहेको उनले बताए ।
नेपालगन्जमा बस्ने बर्दिया बढैयातालकी सुलोचना थारुले थारु परिकार र सँस्कृतिको प्रर्वद्धन र प्रचार गर्न होटल सोल्टीले सञ्चालन गरेको फूड फेस्टिभलको प्रसंशा गरिन् । उनले फेस्टिभलमा उपलब्धी खानेकुरामा टिपिकल थारु स्वाद पाएको बताइन् ।
यस्तै नेपालगन्ज धम्बोझीकी रुपणी आचार्यले थारु पाककला, खानाको परिकार र संस्कृतिबाट आफू धेरै प्रभावित भएको बताईने । उनले पारिवारिक वातावरणमा सपरिवार थारु शैलीमा भुइमै पलेटी कसेर थारुका विभिन्न परिकारको स्वाद लिन पाउँदा आफू अत्यन्त खुशी भएको प्रतिक्रिया दिइन् ।
यो पनि होटल सोल्टीमा बैशाख १७ गतेदेखि ‘थारू फूड फेस्टिभल’
नेपालगन्जकै अर्की प्रतिक्षा अधिकारीले थारु परिकार पहिलो पटक खाँदा रुचाएको प्रतिक्रिया दिइन् । थारु परिकारका विषयमा धेरै सुनेको भएपनि होटल सोल्टीले आयोजना गरेको फेस्टिभलमै पहिलो पटक थारु परिकार चाखेको उनले सुनाईन् ।
नेपालगन्ज भाटभटेनी नजिक बस्ने स्नेहा प्रसाईँले थारु परिकारको स्वाद लिन यो फेस्टिभल एउटा उत्कृष्ट मौका भएको बताइन् । ‘थारु साँस्कृतिक कार्यक्रमका अगाडी बसेर थारु परिकार खाँदै आफ्ना प्रियजनसँग गफिनुको आनन्द बेग्लै हुन्छ । म सबैलाई एकपटक आएर थारु परिकारको स्वाद लिन आग्रह गर्दछु’ स्नेहाले बताइन् ।
फेस्टिभल सबैका लागि पहुँचयोग्य बनाउन प्रवेश निःशुल्क रहने होटलले जनाएको छ । भने थारुका विभिन्न परिकारहरु सुलभ दरभाउमा समेत उपलब्ध छ ।
सांस्कृतिक अनुभवलाई अझ समृद्ध बनाउन हरेक साँझ ९ देखि १० बजेसम्म थारु सांस्कृतिक नृत्य प्रस्तुत गरिने पनि होटल व्यवस्थापनले जनाएको छ ।





0 Comments