होटल पौवामा सुरु भयो ‘स्वाद उत्सव’
नेपालगन्ज २६ चैत : देशभर रहेका होटल पौवाका २० वटै शाखामा एकसाथ स्वाद उत्सव सुरु भएको छ । स्थापनाको १० औं वर्षको अवसर पारेर ग्राहकहरुलाई निःशुल्क पौवाको स्वाद चखाउने उद्देश्यले स्वाद उत्सव आयोजना गरिएको होटल पौवाले जनाएको छ ।
५ तारेको लक्ष्य सहित तीब्रगतिमा निर्माण भइरहेको पौवाको नेपालगन्ज शाखामा सञ्चालन गरिएको स्वाद उत्सवको एक कार्यक्रमका बीच नेपालगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी ओलीले उद्घाटन गरे । उत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ओलीले पौवाले छोटो समयमा आफुलाई नेशनल ब्राण्ड बनाउन सफल भएको बताए ।
उनले पछिल्लो समय धेरै उपभोक्ताहरुको पहिलो रोजाई होटल पौवा हुने गरेको बताउँदै यो विश्वासलाई कामय राख्न पौवा व्यवस्थापनलाई आग्रह गरे । होटल पौवा, नेपालगन्जका महाप्रबन्धक गिरीराज पाण्डेले १० वर्षको अनुभवबाट सिक्दै ग्राहकलाई थप सन्तुष्टी र अपनत्व प्रदान गर्न पौवा टिम प्रतिबद्ध रहेको बताए ।
१० वर्षको अवधिमा धेरै कुराको सिकाई भएको बताउँदै उनले त्यसबाट शिक्षा लिँदै बितायौं बालापनको नारा सहित अझै बढी सेवाभावका साथ पौवा टिम प्रस्तुत हुने जनाए ।
देशभरका २० वटा शाखाबाट ४० हजार बढीलाई स्वाद उत्सवमा आमन्त्रण गरिएको होटल पौवाले जनाएको छ । तीनदिन सम्म चल्ने स्वाद उत्सवमा पौवामा प्रतिपादन भएका परिकारहरु ग्राहकलाई निःशुल्क खवाइने पौवा नेपालगन्जका जन सम्पर्क विभागका प्रमुख नेत्र भण्डारीले बताए । उनले हरेक दिन फरक स्वाद चाख्न पाईने गरि व्यवस्थापन गरिएको उनले बताए ।





0 Comments