डिजेल र पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुल्यो
नेपालगन्ज २२ चैत : सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ ।
आईतबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदै भने,‘डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय भएको छ।’





0 Comments