टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निर्माणको काम सुरु

टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निर्माणको काम सुरु

नेपालगन्ज २० चैत : बाँकेको डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निर्माणको काम सुरु गरिएको छ । डुडुवा गाउँपालिका–१, टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निर्माण सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले एक कार्यक्रमबिच उक्त योजना निर्माणको शिलान्यास गरे । अध्यक्ष चौधरीले डुडुवा नालापारीका स्थानीयलाई आवत–जावतमा सहजताका लागि ट्रस ब्रिज निर्माण गर्न लागेको भन्दै वर्षा, बाढी डुबान तथा अन्य समयमा वारपार गर्न सहज हुने विश्वास व्यक्त गरे ।

उनले पालिकासँग सीमित साधन स्रोत भएकाले अहिलेलाई यही पुलले राहत दिने भन्दै भविष्यमा ठुलो पुल निर्माणको पहल गर्ने प्रतिबद्धता गरे । एक करोड ११ लाख रुपैयाँको लागतमा ५७ मिटर लामो पुल लुम्बिनी इन्जिनियरिङ बक्स प्रालिले निर्माणको जिम्मा लिएको पालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताए । उनका अनुसार निर्माण कम्पनीले दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने छ ।

Duduwa Tato hawa Bachau Image

पुलबाट डुडुवा नालापारी चौफेरी, कृषि चौफेरी, छिटाइपुर्वा, पाझा, टेपरी, पिप्रहवा लगायत गाउँका स्थानीयहरू लाम्भाविन्त हुने छन् । बाढी प्रभावित क्षेत्र तथा विकास निर्माणले पछि परेको डुडुवा वडा नम्बर–१ लाई पालिकाले विशेष प्राथमिकतासाथ सो क्षेत्रको विकास गर्दैआएको र उक्त क्षेत्रलाई कृषि तथा धार्मिक पर्यटन क्षेत्रको रूपमा गुरुयोजना लागु गरेर कार्य गरिरहेको अध्यक्ष चौधरीले बताए ।