कोरियनपुरकी २२ वर्षीया सिर्जनालाई सडकमा जलाएर मार्ने तीन जना पक्राउ

कोरियनपुरकी २२ वर्षीया सिर्जनालाई सडकमा जलाएर मार्ने तीन जना पक्राउ

नेपालगन्ज १५ चैत : बाँकेको नेपालगन्जमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ कोरियनपुरमा गएराति एक युवती आगोले जलेको अवस्थामा भेटिएको थियो ।

मृतक युवतीको पहिचान खुलेको डिएसपी पातलीले जानकारी दिए । जलेको अवस्थामा भेटिएकी युवती नेपालगन्ज–१२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगर भएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार गएराति करिब १२ बजेको समयमा नेपालगन्ज–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै एक युवती आगोले जलेर सख्त घाइते बनेको अवस्थमा फेला पारी उपचारका लागि तत्काल भेरी अस्पताल पु¥याइएको र उपचारकै क्रममा ती युवतीको मृत्यु भएको थियो ।

मृतकका परिवारले तीन जनाको नाममा किटानी जाहेरी दिएको र उनीहरुलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको डिएसपी पातलीले बताए । उनका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती युवतीको पहिले नै अन्य व्यक्तिसँग विवाह भएको र ३–४ वर्षकी एक छोरी पनि रहेकी थिइन् । हाल आरोपीमध्येका एक जनासँग युवतीको सम्बन्ध रहेको बुझिएको पनि उनले बताए ।

Duduwa Tato hawa Bachau Image

पक्राउ परेकाबाहेक पनि अन्य व्यक्तिको संलग्नताका बारेमा थप अनुसन्धान भइरहेको तथा के कसरी घटना घट्यो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनको भनाइ छ । मृतक युवतीको शव भेरी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । भने पक्राउ परेका आरोपीका बारेमा कुनै जानकारी प्रहरीले दिएन ।