नेपालगन्जमा गृहमन्त्री सुधनको पुत्ला दहन

नेपालगन्जमा गृहमन्त्री सुधनको पुत्ला दहन

नेपालगन्ज १४ चैत्र : पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेपालगन्जमा गृहमन्त्री सुधन गुरुङ्गको पुत्ला जलाइएकोछ । एमाले कार्यकर्ताहरुले नेपालगन्जमा प्रदर्शनका क्रममा गृहमन्त्री गुरुङ्गको पुत्ला जलाएका हुन् ।

उनीहरुले नेपालगन्जको वीपि चोकमा गृहमन्त्री गुरुङ्गको पुत्ला दहन गर्नुका साथै टायर बालेर प्रदर्शन गरेका थिए । जल्दै गरेको गृहमन्त्री गुरुङ्गको पुत्ला निभाउने प्रयास गरेको थियो । सोक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर घम्साघम्सी भएको थियो । 

यो पनि: पूर्वप्रधानमन्त्री ओली पक्राउ

प्रहरी र प्रर्दशनकारीबीच भएको झडपका कारण नेपालगन्जको वीपी चोक क्षेत्र एकछिन तनावग्रस्त बनेको थियो । एमाले कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गर्दा सो खण्डमा चल्ने सवारी साधनहरु प्रभावित बनेको थियो । 

यो पनि: पूर्वगृहमन्त्री लेखक कटुञ्जेबाट पक्राउ

Duduwa Tato hawa Bachau Image

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेको आज बसेको आकस्मिक सचिवालय बैठकले कानूनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।साथै जनसंगठनहरूको तर्फबाट प्रत्येक जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने लगायतका निर्णय भएको थियो । सोही निर्णय लगत्तै एमाले कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । 

यो पनि: प्रतिशोध होईन न्यायको सुरुवात हो : गृहमन्त्री गुरुङ