दाउन्ने दुर्घटना : तीन जनाको मृत्यु, १५ घाइते
- | नेपाखबर | अपराध–घटना
- १४ चैत २०८२, शनिवार
- नेपाखबर
नेपालगन्ज १४ चैत : नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
गएराति १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा सो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तका अनुसार मृतकमध्ये एक जनाको सनाखत भएको छ।
रोल्पाका २५ वर्षीय गोविन बुढाको सनाखत भएपनि अन्य २ जनाको सनाखत हुन सकेको छैन । मृतक तीनै जना पुरुष हुन् । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
बुटवलतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेका लु २ ख २३५१ को बसले सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ को पिकअप गाडी दुर्घटनामा परेको हो ।
ट्रक र बसले पिअपलाई ठक्कर दिएको थियो । ठक्कर दिएका बस र ट्रक २ सय मिटर तल खस्दा दुर्घटना भएको हो ।





0 Comments