बालेन सरकारको पहिलो बैठकमा चार निर्णय

बालेन सरकारको पहिलो बैठकमा चार निर्णय

नेपालगन्ज १३ चैत : बालेन्द्र साह नेतृत्वको नवगठित मन्त्रिपरिषदको आजको पहिलो बैठकले विभिन्न चार निर्णय गरेको छ ।  

बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता चयन भएका सस्मित पोखरेलले पहिलो निर्णय स्वरुप शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय भएको जानकारी दिए ।  

यो पनि बालेनले लिए प्रधानमन्त्री पदको शपथ

दोस्रो निर्णय सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने निर्णय भएको उनले बताए । त्यस्तै सरकारले शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय भएको छ ।  

चौथो निर्णयस्वरुप सरकारले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।

यो पनि बालेन नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

Duduwa Tato hawa Bachau Image

यस्ता छन् बैठकका निर्णय :

–भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने ।

–नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।

–सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने । (भोलिसम्म प्रकाशित गर्ने)

–भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।