काँग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
नेपालगन्ज ३० फागुन : नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बाँकेको खजुरामा ‘नागरिक सम्पर्क कार्यालय’ स्थापना गर्ने तयारी गरेका छन् । हालै सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा बाँकेको क्षेत्र नम्बर–३ बाट उनी उम्मेदवार बनेका थिए ।
सभापति पुनले स्थानीय स्तरमै बसेर जनताको सहज रुपमा सेवा गर्नका लागि सम्पर्क कार्यालय स्थापना गर्न लागेका हुन् । निर्वाचन परिणामपछि मतदाता भेटघाटका लागि घरदैलो गर्न पुगेका बेला केहीदिन अघि पनि सभापति पुनले आफु बाँके क्षेत्र नम्बर–३ का जनताकै सेवामा समर्थपित हुने बताएका थिए ।
‘निर्वाचनको परिणाम मेरो पक्षमा आएन, तर बाँके क्षेत्र नम्बर–३ का जनताको माया र विश्वास नै मेरो सबैभन्दा ठुलो जित हो । म पदले होइन सेवा भावले तपाईहरुको प्रतिनिधि बनेको छु । त्यसैले अबको पाँच वर्ष पनि म यही ठाउँमा तपाईहरुसँगै रहन प्रतिवद्ध छु । तपाईको हरेक क्षणमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’ सहज र सरल स्वभावका नेता पुनलाई पाउँदा आफुहरु उत्साहित भएको क्षेत्र नम्बर–३ का काँग्रेसका नेता तथा कार्यकर्ताहरु बताउँछन् ।





0 Comments