इस्तियाकले भने ‘दुई टकाको मिडियाको हैसियत छैन’

इस्तियाकले भने ‘दुई टकाको मिडियाको हैसियत छैन’

नेपालगन्ज २४ फागुन : बाँके क्षेत्र नम्बर–२ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तियाक राईले पत्रकार र मिडियालाई लाछ्ना लगाएका छन् ।

नेपालगन्जको त्रिभुवन चोकमा शनिबार विजयी भएपछि समर्थकहरुलाई सम्बोधन गर्दै उनले आरोप लगाएका हुन् । उनले पत्रकार र मिडियालाई लाछ्ना लगाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेकोछ । 

उनले विजयी जुलुस सम्बोधन गर्नेक्रममा पत्रकार र मिडियाको कुनै हैसियत नभएको तुक्ष भाषण गरेकाछन् । ‘दुई टकाको मिडियाको हैसियत छैन’ इस्तियाकले अगाडी भनेकाछन्–‘धेरैले जवाफ दिए, धेरैले सामाजिक सञ्जाल, मिडियाको नाममा उधुम मचाए । यो दुई टकाको मिडिया । दुई टकाको मान्छे । जसको नाम मिडियाको नाममा, मिडियाको बदनाम गर्न खोजे, यस्ताहरुको कुनै हैसियत छैन ।’

यो पनि मधेस आन्दोलनका ‘हिरो’ इस्तियाक राई एमालेमा विलिन

अवधि भाषामा गरिएको उनको भाषणमा निर्वाचित भएपछिको दम्भ र घमण्ड देखिन्थ्यो । उनले सम्बोधनकै क्रममा अगाडी भने–‘उनीहरु मिडियाकर्मी होइनन्, सामाजिक सञ्जालमा लेख्नेहरु, सामाजमा उत्तेजना फैलाउनेहरु, समाजलाई दिग्भ्रमित बनाउनेहरु, समाजको कुतत्व हो । उसलाई हामीहरुले सामाजिक बहिस्कार गर्न आवश्यक छ ।’

निर्वाचनका समयमा सबैभन्दा बढी मिडिया परिचालन तथा सामाजिक सञ्जालको प्रयोग नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राईले नै गरेका थिए ।

निर्वाचित भएपछि उनले दिएको यो अभिव्यक्तिले यतिबेला बाँकेका पत्रकारहरुमाझ सनसनि फैलिएकोछ । राष्ट्रकै चौथो अंगकोरुपमा रहेको मिडियामाथि आक्षेप लगाउनुले दुःखद भएको नेपालगन्जका पत्रकार जावेद अन्सारी बताउँछन् । ‘यस विषयमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आधिकारिक धारणा दिनुपर्ने हुन्छ । तर, अहिलेसम्म महासंघ बाँके मौन बसेकोछ’ पत्रकार अन्सारीले भने । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

इस्तियाकले अवधि भाषामा गरेको सम्बोधन पढ्नुहोस् नेपालीमा

‘धेरैले जवाफ दिए, धेरैले सामाजिक सञ्जाल, मिडियाको नाममा उधुम मचाए । यो दुई टकाको मिडिया । दुई टकाको मान्छे । जसको नाम मिडियाको नाममा, मिडियाको बदनाम गर्न खोजे, यस्ताहरुको कुनै हैसियत छैन । उनीहरु मिडियाकर्मी होइनन्, सामाजिक सञ्जालमा लेख्नेहरु, सामाजमा उत्तेजना फैलाउनेहरु, समाजलाई दिग्भ्रमित बनाउनेहरु, समाजको कुतत्व हो उसलाई हामीहरुले सामाजिक बहिस्कार गर्न आवश्यक छ ।’

यहाँ क्लिक गर्नहोस् : इस्तियाकले दिएको भाषणको लिंक

यो पनि ‘इस्तियाक राईले जनतालाई धोका दिए’

Duduwa Tato hawa Bachau Image

जनता समाजबादी पार्टी (जसपा) लत्याएर निर्वाचनको मुखमा नेकपा एमाले प्रवेश गरेका राई बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । आफू निर्वाचित भएपछि शनिबार ठूलो संख्यामा लाउडस्पिकर र डिजेसहित निकालेको विजय जुलुस नगर परिकर्मा गरि त्रिभुवन चोकमा कोण सभामा परिणत भएको थियो । 

यो पनि बाँकेका जनताको गुनासोः ‘भोट दियौँ, विकास पाएनौँ’

कुल २४ हजार ६ सय २८ मत प्राप्त गर्दै राई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ६ सय ८२ मत प्राप्त गरे भने नेपाली काँग्रेसका शुधान्सु कोइरालाले १७ हजार ५ सय ९६ मत प्राप्त गरे । यसअघि प्रतिनिधि सभा सदस्यमा बाँके क्षेत्र नम्बर–२ बाट विजय हाँसिल गरेको राप्रपा भने यसपटक चौथो भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपाका ऋषिराज देवकोटाले एक हजार ७ सय २३ मत प्राप्त गरेका थिए । नेकपाका दिपेन्द्र बिष्टले एक हजार ४ सय ५६ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी(जसपा)का कमरुद्धिन राईले ९ सय ८ मत र राष्ट्रिय जनमत पार्टीका इरफान अहमद शेखले ७ सय ७५ मत प्राप्त गरे ।

यो पनि बाँकेका दुई क्षेत्रमा रास्वपा र एकमा एमालेको जीत