बाँके क्षेत्र नम्बर–२ मा भोलि काँग्रेसको बृहत मोटरसाईकल र्याली
नेपालगन्ज १७ फागुन : नेपाली काँग्रेसले बाँकेको क्षेत्र नम्बर–२ मा सोमबार बृहत मोटरसाईकल र्याली निकाल्ने भएको छ ।
यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको पुर्वसन्ध्यामा नेपाली काँग्रेसले आफ्नो पक्षमा जनमत सिर्जना गर्न र्याली निकाल्न लागेको हो ।
नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर–२ निर्वाचन प्रचार–प्रसार समितिका संयोजक उमा थापामगरका अनुसार सोमबार बिहान १० बजे स्थानीय रामलिला मैदानबाट र्याली सुरु हुनेछ । उक्त र्याली रामलिला मैदान हुदैँ चारबाहिनी चोक, गणेशमान चोक, वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोकबाट राँझाचोक सम्म पुग्नेछ । त्यसपछि पुनः फर्केर नेपालगन्ज बसपार्क हुदैँ न्यूरोड, सहिद सेतु बिक चोकमा आईपुग्नेछ ।
सहिद सेतु बिक चोकमा क्षेत्र नम्बर–२ का नेपाली काँग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार–प्रसार संयोजक थापाले बताइन् । कोइरालाको सम्बोधनपछि न्यूरोड, त्रिवेणीमोड, फुल्टेक्रा हुदैँ डुडुवा गाउँपालिकाको बेतहनीमा पुगेर आमसभामा परिणत हुने कार्यक्रम रहेको छ ।
मोटरसाईकल र्यालीमा सक्रिय सहभागिता जनाउन नेपाली काँग्रेस क्षेत्र नम्बर–२ कार्यसमितिले सबैलाई अपील गरेको छ ।
क्षेत्र नम्बर–२ का क्षेत्रीय सचिव सुनिलसिंह हमालले प्रचार–प्रसार कार्यक्रमको अन्तिम दिन निर्वाचनको माहोललाई तताउन र नेपाली काँग्रेसको पक्षमा जनतम सिर्जना गर्न रामलिला मैदानमा मोटरसाईकल सहित पुग्न सबैलाई सार्वजनिक रुपमा निम्तो दिइएको बताएका छन् ।
बाँके क्षेत्र नम्बर–२ मा युवा र सक्षम उम्मेदवार शुधान्सु कोइरालालाई प्रतिस्पर्धामा उतारेकाले निर्वाचनको माहोल यसपटक नेपाली काँग्रेसको पक्षमा देखिएको नागरिक स्तरमा चर्चा चलेको छ ।





0 Comments