भोली आईतबार काँग्रेसको घोषणापत्र सार्वजनिक हुने
नेपालगन्ज २ फाल्गुन : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन आउन १८ दिन बाँकी छ । निर्वाचन लक्षित विभिन्न राजनीतिक दलहरुले आफ्ना घोषणापत्र धमाधम सार्वजनिक गरिरहेकाछन् ।
यसैबीच, नेपाली काँग्रेसले भोली (आईतबार) प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
काँग्रेसका प्रवक्ता तथा केन्द्रिय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले भोली आईतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।
काँग्रेसले पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको छ । प्रवक्ता चालिसेले प्रतिज्ञा पत्र सार्वजनिकका लागि आईतबार पत्रकार सम्मेलन आयोजना गरिने बताए ।
उनका अनुसार प्रतिज्ञा पत्र सार्वजनिकका लागि काँग्रेसले आईतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै छ ।





0 Comments