काँग्रेस उपसभापति शर्मा नेपालगन्जमा, बाँके जिल्ला स्तरीय वृहत भेलालाई सम्बोधन गर्ने
नेपालगन्ज २७ माघ : नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आज बाँके जिल्लास्तरीय वृहत भेलालाई सम्बोधन गर्ने भएकाछन् ।
नेपालगन्ज वीपि चोकदेखि पश्चिम मुक्तिपुरमा रहेको लिला प्यालेसमा बिहान ११ बजे हुने निर्वाचन परिचालन प्रचार प्रसार मुल समिति सदस्य उमा थापा मगरले जानकारी दिइन् ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सोमबारबाट फागुन १ गतेसम्म चुनावी कार्यक्रममा सम्बोधन कार्यतालिका सार्वजनिक गरेका थिए ।
सोमबार चितवन र पूर्वी नवलपरासीमा सम्बोधन गर्न पुगेका शर्मा आज मंगलबारबाट फागुन १ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा दैनिक दुई कार्यक्रममा सहभागी हुने काँग्रेसको उक्त सार्वजनिक तालिकामा उल्लेख छ ।
उनी सोमबार चितवनमा भएको कार्यक्रमपछि अपरान्ह ४ बजे नवलपुर क्षेत्र नं १ मा पुगेका थिए । त्यहाँ पार्टी प्रवेश कार्यक्रममा शर्मा सहभागी भएका थिए ।
उपसभापति शर्मा आज बिहान ११ बजे नेपाली काँग्रेसका सबै उम्मेदवारसहितको बाँके जिल्लास्तरीय वृहत भेलामा सहभागी हुने काँग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, उपसभापति शर्मा आजै दिउँसो ३ बजे नेपाली काँग्रेसको उम्मेदवारसहित बर्दिया क्षेत्र नं १ को क्षेत्रीय स्तरीय भेलामा सहभागी हुने छन् ।
भोलि बुधबार भने उपसभापति शर्मा बिहान ११ बजे नेपाली काँग्रेसका सबै उम्मेदवार सहित दाङ जिल्लास्तरीय वृहत भेलामा सहभागी हुनेछन् । यस्तै, माघ २९ गते बिहान ११ बजे उपसभापति शर्मा सबै उम्मेदवारसहितको रुपन्देही जिल्लास्तरीय वृहत भेलामा सहभागी हुनेछन् ।
२९ गते नै दिउँसो ३ बजे नेपाली काँग्रेस, लुम्बिनी प्रदेश, निर्वाचन परिचालन समितिको बैठकमा पनि उपसभापति शर्माले सम्बोधन गर्ने तालिका कांग्रेसले सार्वजनिक गरेको छ ।
यस्तै, फागुन १ गते उपसभापति शर्माले बिहान ११ बजे नेपाली काँग्रेसका सबै उम्मेदवारसहितको पाल्पाको जिल्लास्तरीय वृहत भेलामा सम्बोधन गर्ने बताइएको छ ।





0 Comments