ओलीको प्रचार कार्यालयमा बालेन, एमाले कार्यकर्तासँग हात मिलाएर फर्किए

ओलीको प्रचार कार्यालयमा बालेन, एमाले कार्यकर्तासँग हात मिलाएर फर्किए

नेपालगन्ज २५ माघः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापाको दमकस्थित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रचार कार्यालयमा पुगेका छन् ।  

आईतबार साह दमक नगरपालिकामा कार्यकर्ता तथा मतदाता भेटघाटमा व्यस्त थिए । भेटघाटकै क्रममा दमक–३ स्थित एमाले प्रचार कार्यालय अगाडि पुगेका थिए । 

एमालेको प्रतिनिधि सभा सदस्यको प्रचारका लागि कार्यालयमा स्थानीय नेता तथा कार्यकर्ता बसिरहेका थिए । त्यही बेला उनी कार्यालयमा पुगे र एमालेका स्थानीय नेता तथा कार्यकर्तासँग हात मिलाए । 

एमालेका कार्यकर्ताले ‘भेट भयो, खुशी लाग्यो’ भनेका थिए । साहले भने दोहोरो कुराकानी भने गरेनन् । एमाले स्थानीय नेता तथा कार्यकर्तासँग हात मिलाएर निस्किए । 


Duduwa Tato hawa Bachau Image

झापा–५ मा एमाले अध्यक्ष ओली प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । त्यस्तै, रास्वपाबाट शाह उम्मेदवार बनेका छन् । अहिले ओली र साह आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा व्यस्त रहेका छन् ।