बारबर्दियाका इन्जिनियर घुससहित रंगेहात पक्राउ
- | अर्थ | नेपाखबर | अपराध–घटना
- १६ माघ २०८२, बिहिवार
- नेपाखबर
नेपालगन्ज १५ माघ : बारबर्दिया नगरपालिकाका इन्जिनियर एक लाख ५० हजार घुससहित पक्राउ परेकाछन् ।
विद्यालय भवन निर्माणको भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा इन्जिनियर मोहन देव मल्ल पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मल्ललाई बिहीबार १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार इन्जिनियर मल्लले बारबर्दिया नगरपालिका–७ स्थित जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेका थिए।
घुस माग गरेको सूचना र उजुरीका आधारमा आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा नगरपालिकाको भवन तथा बस्ती विकास शाखाबाटै नियन्त्रणमा लिएको थियो । आयोगले पक्राउ परेका मल्लमाथि थप अनुसन्धान भइरहेको जनाएकोछ ।





0 Comments