नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
- | नेपाखबर | अपराध–घटना
- २९ मंसिर २०८२, आइतवार
- नेपाखबर
नेपालगन्ज २८ मंसिर : नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका १२६ जनालाई उद्दार गरिएकोछ । पछिल्लो चार महिनामा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका १२६ जनालाई शान्ति पुनः स्थापना केन्द्रले उद्दार गरेको हो ।
केन्द्रले गत आर्थिक वर्षमा ३९९ जनाको उद्दार गरेको जनाएको छ । केन्द्रका जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराका अनुसार गत आर्थिक वर्षमा ३०३ जनालाई सिधै अभिभावकको जिम्मा लगाइएको थियो भने ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पु¥याइएको थियो ।
यो अवधिमा संस्थाले १२ हजार २ सय ३३ जनालाई परामर्श दिएको जनाएको छ । यी मध्ये ९ हजार ३ सय ९४ जनालाई गत आर्थिक वर्षमा र २ हजार ८ सय ३९ जनालाई चालू आर्थिक वर्षभित्र परामर्श दिइएको चदाराले जानकारी दिइन् ।
शान्ति पुनः स्थापना गृहले बाँकेको विभिन्न पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।





0 Comments