बाँके निकुञ्जको प्रबर्द्धन गर्न नाट्टाको जीप सफारी

बाँके निकुञ्जको प्रबर्द्धन गर्न नाट्टाको जीप सफारी

नेपालगन्ज २८ मंसिर : बाँके राष्ट्रिय निकुञ्जमा जीप सफारी प्रबर्द्धन गर्न नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले निरन्तर अभियान जारी राखेको छ । जिल्लाका पर्यटनकर्मीले सामूहिक लगानीमा जीप किनेर यो अभियान जारी राखेका हुन् ।

संस्थाका अध्यक्ष डिल्लीराज रेग्मी, महासचिव भागिराम ओली, सचिव रेशमबहादुर खत्री, कोषाध्यक्ष कुमार चाल्स श्रेष्ठ, सदस्य हरिप्रसाद शर्मा, कुलबहादुर केसी लगायत पर्यटनकर्मी र पत्रकारको टोलीले शनिबार बाँके निकुन्जमा जीप सफारी गरेको थियो ।

यो पनि  पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपालगन्जमा गरिदै ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’

राप्तीसोनारी गाउँपालिकाको बुच्चापुरस्थित हात्तीसारबाट सुरु गरेको जीप सफारी बाघसाल मचान, जलसेनी, चौका फाँटा, ओभरी घाँसे मैदान, १ नंं. पानी पोखरी, परुवा चटिया, परुवा मचान, मुगुवा खोला, मुगुवा चटान, खैरी मचान, खैरी फाँटा, खैरी मचान, खैरी घाँसे मैदान हुँदै खैरी टाइगर होल्डिङ सेन्टरसम्मको झन्डै एक सय किलोमिटर जीप सफारी गरेको संस्थाका अध्यक्ष रेग्मीले बताए ।

यो पनि  जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल


Duduwa Tato hawa Bachau Image

सो अवसरमा नेचर गाइड बाँकेका सचिव शान्ति चौधरीले सहजीकरण गरेकी थिइन् । जंगल सफारीका क्रममा चौका, रतुवा, चित्तल, जरायो, बाँदर, स्याल, चील लगायतका वन्यजन्तुुको प्रत्यक्ष अवलोेकन गरेको संस्थाका महाचिव भागीराम ओलीले जानकारी दिए । 

यो पनि पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

निकुञ्जमा डमरु सहितका बाघका ताजा पञ्जा र जंगली हात्ती हिँडेको पदचाप देख्दा पनि पर्यटनकर्मी निकै उत्साही बनेका थिए । पर्यटनकर्मी र पत्रकारले खैरीमा संरक्षण गरेको एउटा पाटेबाघ र २ वटा चितुवा पनि अवलोकन गरेका थिए ।

यो पनि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रर्बद्धन गर्न जंगल सफारी 

यो पनि बाँके राष्ट्रिय निकुञ्ज : बाघ संरक्षणमा सफल