भारतको बलरामपुरमा बस दुर्घटना, दुई नेपालीको मृत्यु
नेपाली सवार भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा दुर्घटना भइ जलेको बस ।
- | नेपाखबर | विदेश | अपराध–घटना
- १७ मंसिर २०८२, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज १६ मंसिर : भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बस दुर्घटना हुँदा दुई जना नेपाली यात्रुको मृत्यु भएको छ। शुभसाइत ट्राभल्सका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परि २४ जना यात्रु गम्भीर घाइते भएका छन् ।
नेपाली यात्रु लिएर गएको यूपी २२ एटी ०२४५ को बस मंगलबार बिहान २ः३० बजेतिर कोतवाली देहात प्रहरी चौकी क्षेत्रको फुलवारिया बाइपासमा दुर्घटना भएको हो ।
बस ट्रकसँग ठोक्किएपछि दुर्घटनामा परेको थियो । ट्रकसँग ठोकिँदै बस १०० मिटर परको हाई–टेन्सन बिजुलीको पोलमा ठोकिएको थियो । त्यसपछि पोल भाँचिएर बसमा खस्यो र भीषण आगलागी भयो ।
बसमा आगलागी भएपछि यात्रुहरूको भागभाग भएको थियो । कतिपय यात्रुले सिसा फुटाउँदै बाहिर हाम फालेर ज्यान जोगाएको बताइएको छ । भाग्न सफल यात्रुहरूले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
उक्त बसमा बुटवलको शुभसाइत ट्राभल्सबाट टिकट काटेर गएका ४५ जना यात्रुहरू चढेका थिए ।
यात्रुहरूको टिकट काटिदिएको शुभसाइत ट्राभल्सका अनुसार बसमा गएका सबै यात्रुहरू बुटवलबाटै गएकोले मृतक र घाइतेहरू अधिकांश बुटवल र आसपासका रहेका छन् । यो समाचार तयार गर्दासम्म मृतक र घाईतेहरुको विवरण प्राप्त हुन सकेन ।
यता जिल्ला प्रहरी कार्यालय रूपन्देहीले भने उक्त घटनाबारे कुनै जानकारी नआएको बताएको छ।





0 Comments