बाँकेका किसानबाट एक करोड ३८ लाख बढीको धान खरिद

बाँकेका किसानबाट एक करोड ३८ लाख बढीको धान खरिद

नेपालगन्ज ८ मंसिर : बाँकेका किसानबाट एक करोड ३८ लाख बढीको धान खरिद गरिएकोछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग एक करोड ३८ लाख रुपैयाँभन्दा बढीको धान खरिद गरेको हो ।

गत कात्तिक २३ गतेबाट किसानको धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले मङ्सिर ६ गतेसम्म बाँकेका किसानसँग एक करोड ३८ लाख ९२ हजार ९७३ रुपैयाँको धान खरिद गरेको छ ।

यो पनि बाँकेमा धानखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

कात्तिक २३ गतेदेखि मङ्सिर ६ गतेसम्मको समयअवधिमा खाद्यले चार हजार ३२० दशमलव २३ क्विन्टल धान खरिद गरेको छ । जसमध्ये मोटा धान ६९१ दशमलव ९० क्विन्टल र मध्यम धान ३६२८.३३ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए ।

यो पनि बाँकेमा आईतबारदेखि धान खरिद गरिदैँ

सूचना अधिकारी घिमिरेका अनुसार मोटा धान २३ लाख ९६ हजार ६१० रुपैयाँ र मध्यम धान एक करोड १४ लाख ९६ हजार ३६३ रुपैयाँ गरी कुल एक करोड ३८ लाख ९२ हजार ९७३ रुपैयाँको धान खरिद गरिएको छ ।

हालसम्म धान बिक्री गर्न ६५५ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएको घिमिरेले जानकारी दिए । उनका अनुसार सिफारिस दर्ता गराएकामध्ये १०५ जना किसानसँग धान खरिद गरिएको छ । 

Duduwa Tato hawa Bachau Image

मोटा धानको तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ ३३ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिरहेको सूचना अधिकारी घिमिरेले बताए ।

यो पनि यस वर्ष बाँकेमा २० हजार क्वीन्टल धान खरिद गरिदैँ

एक किसानसँग बढीमा ४० क्विन्टल मात्र धान खरिद गरिरहेको कार्यालयले धान बिक्री गरेबापतको रकम बैंकमार्फत भुक्तानी गर्दैआएको छ । किसानको बैंक खाता, मोबाइल नम्बर र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।

यस वर्ष नेपालगन्ज कार्यालयबाट १५ हजार क्विन्टल मोटा धान र ५ हजार क्विन्टल मध्यम गरी २० हजार क्विन्टल धान खरिद गरिदैँछ । यो कोटा गत वर्षभन्दा आधाले कमी हो ।