नेपालगन्जको मिलन कटेज घटनाः फरार शाही पक्राउ परे
- | नेपाखबर | अपराध–घटना
- २९ कार्तिक २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज २८ कार्तिक : ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको भेरी मालिका नगरपलिका–४ का ३० वर्षीय निरज शाही रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कात्तिक ६ गते राति ८ बजे नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित मिलन कटेजमा निरजले ज्यान मार्ने उदेश्यले फलामको रड र धारिलो हतियारले हानेर ३ जनालाई घाइते बनाएका थिए ।
उक्त घटना पश्चात् फरार रहेका निरजविरुद्ध बाँके जिल्ला अदालतले ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले निरजलाई लुकिछिपी बाँकेमै बसेको अवस्थामा पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातली जानकारी दिएका छन् । कात्तिक २४ गते बाँके प्रहरीको नियन्त्रणमा आएका निरजविरुद्ध बाँके अदालतबाट ६ दिनको म्याद लिएर ज्यान मार्ने उद्योग मुद्दामा आबश्यक अनुसन्धान अगाडि बढाइएको डीएसपी पातलीले बताए ।





0 Comments