बैजनाथ गाउँपालिकाद्वारा क्षतिग्रस्त प्रशानलाई सहयोग

बैजनाथ गाउँपालिकाद्वारा क्षतिग्रस्त प्रशानलाई सहयोग

नेपालगन्ज २४ असोज : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको बाँकेको ईलाका प्रशासन कार्यालय कोहलपुरलाई सहयोग गरिएकोछ । बाँकेको बैजनाथ गाउँपालिका कार्यालयले ईलाका प्रशासन कार्यालयलाई आवश्यक सामान सहयोग गरेको हो ।  

यो पनि जेनजी आन्दोलनमा जलेको भग्नाबेसबाट सेवा सञ्चालनको तयारी

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले ईलाका प्रशासन कार्यालय कोहलपुरकी प्रमुख अन्तिम सिंजालीलाई डेस्कटप कम्प्युटर, प्रिन्टर र स्क्यानर मेसिन हस्तान्तरण गरेका हुन् । कार्यालयमा आवश्यक पर्ने सामान नहुँदा सेवाग्राहीको काम सञ्चाल नगर्न नसकिरहेको अवस्थामा पहिलो पटक यसरी सहयोग प्राप्त भएको प्रमुख सिंजालीले बताइन् ।  

यो पनि जेनजी आन्दोलन: बाँके सिडियो कार्यालयसहितका सरकारी कार्यालय जलाइयो

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

गाउँपालिका अध्यक्ष शाहीले सेवाप्रवाहमा सहज होस् भन्ने उद्देश्यले कार्यालयलाई आवश्यक सामानहरु सहयोग गरिएको बताए ।  कार्यालयले आन्दोलनको क्रममा लुटिएका सामानफिर्ता गर्न यसअघि सूचना समेत प्रकाशित गरेको थियो । तर, कसैले पनि आन्दोलनका क्रममा लुटिएका सामान फिर्ता नगरेको प्रमुख सिंजालीले बताइन् ।  

यो पनि जेनजी आन्दोलन : बाँकेमा १० अर्ब बढीको क्षती

उनकाअनुसार आगजनीबाट कार्यालय भवन भित्रका अधिकांश कोठाहरु काम नलाग्ने अवस्थामा पुगेका छन् । ‘एउटा परिचयपत्र वितरण गर्ने कोठामा क्षति कम छ, त्यहीँ कोठाबाट भएपनि सेवाग्राहीको काम सुरु गर्ने सोचमा छौं, हामीसँग यसअघि कम्प्युटर, प्रिन्टर, स्क्यानर केही पनि थिएन, गाउँपालिकाले हामीलाई आज उपलब्ध गराएको छ, अब सेवाग्राहीको काम गर्न केही सजिलो भएको छ,’ उनले भनिन् । 


Duduwa Tato hawa Bachau Image

कार्यालयमा कम्प्यूटर, प्रिन्टर, स्क्यानर जस्ता आवश्यक सामान नहुँदा सेवाग्राहीका कतिपय जरुरी कामहरु हस्त लिखित पनि गरिएको यहाँका कर्मचारी बताउँछन् ।

जेनजीआन्दोलनको आडमा आगजनी, लुटपाट र तोडफोडमा संलग्न ब्यक्तिहरुको भिडियो र फोटोका आधारमा पहिचान भएपनि गृहमन्त्रालयको परिपत्रका कारण प्रहरीले पक्राउ गर्न सकेको छैन ।  

यो पनि जेनजी आन्दोलन : बाँकेमा तीन सयभन्दा बढी सवारी साधन नष्ट 

यो पनि मुख्यमन्त्री आचार्यद्वारा बाँकेका आगलागी कार्यालयको अनुगमन