काभा वुमन्सको फाइनलमा नेपालको सकसपूर्ण हार
नेपालगन्ज २३ साउन : काभा वुमन्स नेसन्स लिग–२०२४ को उपाधिमा नेपालको सकसपूर्ण हार भएको । दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल पुनः भारतसँग हार्दै उपाधिबाट वञ्चित भएको हो ।
भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हराएको छ । भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै उपाधि हात पारेको हो ।
पहिलो सेटको सुरुवातमा अग्रता बनाएको नेपालले त्यो सुरुवाती अग्रता जोगाउन सकेन । ३–० को अग्रताबाट भारतले लगातार ४ अंक जोडेपछि नेपालका प्रशिक्षक जगदिश भट्टले पहिलो टाइमआउट लिए ।
त्यसपछि भारतले २२–१९ को अवस्थामा अग्रता बनायो । त्यसपछि नेपालले लगातार अग्रता बनाउँदै पहिलो सेट २५–२३ ले जित्यो ।
दोस्रो सेटको सुरुवातमा भारत ६–४ ले अग्रता बनायो । त्यसपछि १०–५ ले नेपाल पछि प¥यो । नेपालले दोस्रो सेटमा ३ वटा सर्भिसमा अंक सुम्पियो ।
प्रदर्शनको आधारमा पनि दोस्रो सेट नेपालले निकै कमजोर खेल्यो । २४–११ मा भारतले अग्रता बनाउँदा नेपालले लगातार ३ अंक जोड्यो । तर, पनि नेपाल भारतभन्दा १० अंक पछाडि भयो । दोस्रो सेट नेपालले २५–१४ ले गुमायो ।
तेस्रो सेटको पनि सुरुवातमा नेपालले लगातार ३ अंक जोड्यो । भारतले ५ मा आएर बराबरमा ल्यायो । नेपालले १७–१२ को अग्रता लियो । २०–१५ मा नेपालले अग्रता लियो । तेस्रो सेट नेपालले २५–२२ले जित हात पा¥यो ।
चौथो सेटमा भारतले लगातार २ वटा सर्भिसमा गल्ती गर्दा नेपालले २ अंक ल्यायो । भारत ११–८ ले अग्रता लियो । नेपालले भारतलाई पछ्याउँदै १७–१५ को अवस्थामा खेल ल्यायो । तर, सेट भने २५–२१ ले भारतले जित्यो । यो सँगै खेल पाँचौं सेटमा लम्बिएको हो ।
पाँचौं सेटमा नेपाल ८–२ ले पछि प¥यो । कोर्ट परिवर्तन गरेपछि भारतले पाँचौं सेट १५–५ मा जित्दै उपाधि जितेको हो ।
भारतले यसअघि २०१९ को दक्षिण एसियाली खेलकुद र २०२३ को काभा वुमन्स च्यालेन्ज कपको उपाधि हात पार्दा नेपाललाई नै जितेको थियो ।
पछिल्लो पाँच वर्षमा नेपालले भारतसँग ५ पटक खेल्दा यसपटक लिग चरणमा नेपालले पहिलोपटक भारतलाई हराएको थियो ।
सन् २०१९ मा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल भारतसँग पाँच सेटमै खेलमा पराजित भएको थियो । त्यसअघि समूह चरणमा नेपाल सोझो सेटमा पराजित भएको थियो ।
यस्तै गतवर्ष काठामाडौंमै भएको काभा वुमन्स च्याल्नेज कप र चीनको हान्जाउमा भएको १९औं एसियाडमा नेपालभ रतसाग समान ४–१ ले पराजित भएको थियो ।





0 Comments