ईप्रका कोहलपुरकी प्रमुख खनालसहित ९० डीएसपीको सरुवा

ईप्रका कोहलपुरकी प्रमुख खनालसहित ९० डीएसपीको सरुवा

नेपालगन्ज २ असोज : ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेसहित देशभर नेपाल प्रहरीका ९० नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएकोछ ।

प्रहरी प्रधान कार्यालयले बुधबार राति एक सूचना जारी गर्दै ९० डीएसपीहरुको सरुवा गरेको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालको अपराध अनुसन्धान विद्यालय प्रशिक्षण व्यवस्थापन शाखा महाराजगंज काठमाण्डौं सरुवा भएको छ । उनको स्थानमा जिल्ला प्रहरी कार्यालय बर्दियाका चक्रबहादुर डम्बरपालको इलाका प्रहरी कार्यालय कोहलपुरमा सरुवा गरिएकोछ ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

यो पनि बाँके प्रहरी प्रमुख रामप्रसादसहित ४८ एसपीको सरुवा

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जका डिएसपी प्रकाश डाँगीको ईलाका प्रहरी कार्यालय टिकापुर कैलाली सरुवा भएको छ । 

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुर मानवश्रोत व्यवस्थापन शाखामा कार्यारत देबेन्द्र कुमार मल्ललाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा गरिएकोछ ।

यस्तै काठमाडौंका केही वृत्त प्रमुखहरुको पनि सरुवा गरिएको छ । प्रहरी वृत्त स्वम्भूमा मोहनमणि अधिकारीलाई पठाइएको छ ।

Duduwa Tato hawa Bachau Image

प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमललाई पठाइएको छ । प्रहरी वृत्त मालिगाउँमा धनबहादुर बोहरालाई पठाइएको छ । प्रहरी वृत्त दरबारमार्गमा नारायण डाँगीलाई पठाइएको छ ।

वृत्त बौद्धमा सन्तोष रोकालाई पठाइएको छ । वृत्त सिंहदरबारमा जनार्दन घिमिरेलाई खटाइएको छ । प्रहरी वृत्त जगातीमा चञ्चला श्रेष्ठलाई पठाइएको छ ।

जेनजी युवा आन्दोलनपछि नेपाल प्रहरीका ९० डीएसपीहरुको सरुवा गरिएको हो ।