बाँके प्रहरी प्रमुख रामप्रसादसहित ४८ एसपीको सरुवा
- | नेपाखबर | अपराध–घटना | राजनीति
- २ असोज २०८२, बिहिवार
- नेपाखबर
नेपालगन्ज २ असोज : बाँके प्रहरी प्रमुखसहित देशभर नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ । गत भदौ ३१ गतेको निर्णयले असोज १ गतेदेखि लागू हुने गरी एसपीहरुको सरुवा गरिएको हो ।
बाँकेका एसपी रामप्रसाद घर्तीमगरको कर्णाली प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेत सरुवा गरिएको छ । उनको स्थानमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय अपराध अनुसन्धान शाखाका एसपी अंगुर जिसीको जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भएको छ । योसंगै बाँके प्रहरी प्रमुखको जिम्मेवारी एसपी जिसीले सम्हाल्नेछन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन प्रसाद तिमिल्सिनाको नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा, भैरहवा, रुपन्देही सरुवा भएको छ । भने उनको स्थानमा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तर्राष्ट्रिय ट्रमिनल भैरहवा रुपन्देहीका एसपी दिपक श्रेष्ठको जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएकोछ ।
त्यसैगरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा दाङका एसपी कुलदीप चन्दको नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल, काठमाण्डौं सरुवा भएको छ । भने उनको स्थानमा जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका एसपी यादव ढकालको सरुवा गरिएकोछ ।
नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत, अपराध अनुसन्धान शाखा हाल नेपालगन्ज बाँकेका एसपी गोविन्दराज काफ्लेको अपराध अनुसन्धान विद्यालय महारजगंज काठमाण्डौं सरुवा भएको छ । भने यहाँ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, सुनसरीका विनोद घिमिरेको सरुवा भएकोछ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा दाङका एसपी डिल्ली नारायण पाण्डेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवन सरुवा भएको छ । भने उनको स्थानमा नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, रुपन्देहीका एसपी रामबहादुर केसीको सरुवा भएकोछ ।
अपराध अनुसन्धान शाखा बनेपाका एसपी अनिल कुमार खड्कालाई मधेश प्रहरी गण धनुषा सरुवा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका एसपी अपिल राज बोहराको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं १ नक्शालमा सरुवा भएको छ । जेनजी युवा आन्दोलनपछि बाँकेसहित नेपाल प्रहरीका ४८ एसपीहरुको सरुवा गरिएको हो ।





0 Comments