युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

नेपालगन्ज १ भदौ : संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ।

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ। 

Duduwa Tato hawa Bachau Image

दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो। -रासस