भेरीमा सुत्केरी हुनेको चाप बढ्यो, भुइँमै राखेर नवजात शिशु र सुत्केरी उपचार

भेरीमा सुत्केरी हुनेको चाप बढ्यो, भुइँमै राखेर नवजात शिशु र सुत्केरी उपचार

नेपालगन्ज १६ साउन : नेपालगन्ज मेडिकल कलेज कोहलपुरले आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क सुत्केरी सेवा प्रदान गर्ने व्यवस्था बन्द गरेपछि सेवाग्राहीको चाप भेरी अस्पतालमा थुप्रिएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालमा सुत्केरी हुनेको चाप करिव दुई गुणाले बढेको छ । वेड अभावमा भुइँमै नवजात शिशु र सुत्केरी राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

पिएनसी कक्ष (प्रसूतिपश्चात्को हेरचाह कक्ष)मा बेड भरिभराउ छ । पहिले एक दिनमा सरदर ६ जनासम्मको शल्यक्रियामार्फत् सुत्केरी हुने भेरी अस्पतालमा अहिले १२ जनासम्मको शल्यक्रिया भइरहेको वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीले बताए । शल्यक्रियापछि सुत्केरीलाई राख्ने पोष्ट अपरेटिव वार्डमा अहिले बेडको संख्या दोब्बर छ । त्यसलेपनि चाप धान्न नसक्ने अवस्था देखिएको डा.सुवेदी बताउँछन् ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत् निःशुल्क सुत्केरी सेवा प्रदान गर्ने व्यवस्था छ । तर, नेपालगन्ज मेडिकल कलेजमा उक्त कार्यक्रम बन्द भएपछि सुत्केरी हुनेको चाप भेरी अस्पतालमा बढेको हो । नेपालगन्जस्थित सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालजस्ता ठूला अस्पतालहरुमा आमा सुरक्षा कार्यक्रम नहुँदा स्वभाविकरुपमा भेरी अस्पतालमा सेवाग्राहीको चाप बढेको छ अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदी भन्छन्–‘अस्पतालले थेग्न सक्ने जति थेगिरहेकै छ । यसलाई सरोकारवाला पक्षले गम्भीर ढंगले लिएर सहजीकरण गर्नुपर्ने अवस्था छ ।’

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले पनि पछिल्लो समयमा अस्पतालमा सुत्केरी हुन आउनेहरूको चाप बढेको विषयमा छलफल भइरहेको बताउँछन् । उनले सुत्केरी सेवाको तत्कालको व्यवस्थापनका सम्बन्धमा चाँडै निष्कर्ष निकालेर माथिल्ला सरकारहरूसमक्ष माग राखिने बताए ।

Duduwa Tato hawa Bachau Image

उनले आमा सुरक्षा कार्यक्रम हटेपछि सिर्जित समस्या अस्पतालको मात्रै नभएर सम्बद्ध सबैको चिन्ताको विषय हुनुपर्ने बताए । ‘हामीसँग सीमित स्रोत छ । हामीले मात्रै यो समस्या समाधान गर्न सक्ने अवस्था छैन । हामीले माथिल्ला सरकारसँग पनि आवश्यक सहयोग माग्नेबारे सोचिरहेका छौँ,’ उनले भने ।

साउनदेखि सुत्केरी हुन आउनेक्रम बढेको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताउँदै सेवाग्राहीहरुको चाप बढेको विषयमा छलफल भइरहेको पनि उनले बताए । 

अगाडि भने–‘हामीसँग सीमित स्रोत छ । उत्पन्न समस्या समाधानका लागि केन्द्र सरकारसँग थप सहयोगकालागि आग्रह गर्ने तयारी छ ।’ मेडिकल कलेज कोहलपुरमा साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम बन्द छ । आमा सुरक्षा कार्यक्रम बन्द भएपछि यो दुई हप्ताको तथ्यांक हेर्दा भेरी अस्पतालमा ७० प्रतिशतले सुत्केरी हुन आउनेको संख्या बढेको देखिएको छ ।