दैलेखी समाज बाँकेको रक्तदानमा ६५ जनाले रक्तदान गरे

दैलेखी समाज बाँकेको रक्तदानमा ६५ जनाले रक्तदान गरे

नेपालगन्ज साउन १२ गते : “रक्तदान गरौ ,सामाजिक उत्तरदायित्व पुरा गरौ ”भन्ने मुल नाराका साथ दैलेखी समाज बाँकेले २० औ स्थापना दिवस तथा १९ औ वार्षिक उत्सवका अवसरमा आज नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

दैलेखी समाज बाँकेको आयोजना तथा ग्लोबल ओरियन्स नेपालको सह–आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ६५ जनाले रक्तदान गरेको जनाइएको छ । 

६० औ रक्तदान दिवस समेत आजै परेको थियो । यो महत्वपुर्ण दिनका अवसरमा रक्तदान कार्यक्रम गर्न पाउदा दैलेखी समाज बाँकेका अध्यक्ष पुर्णदेव गिरीले खुशी ब्यक्त गरे । उनले बिगतका दिनमा पनि समाजले यसरी रक्तदान गर्दे आएकोमा यसपटक पनि निरन्तरता दिनुलाई जिम्मेवारीका रुपमा लिएको बताए । पछिल्लो समय रगत अभावको समस्या देखिएको अवस्थामा यो कामले केही राहत पुग्ने उनले विश्वास समेत ब्यक्त गरे ।

प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेको नवनिर्मित भवनमा पहिलो पटक दैलेखी समाज बाँकेले रक्तदान गरेर सेवा सुभारम्भ गरेको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए । उनले अन्य संस्थाहरुले पनि नियमित रुपमा नवनिर्मित भवनमा रक्तदान कार्यक्रम गर्न सक्ने बताए ।

कार्यक्रममा दैलेखी समाज बाँकेका बरिष्ठ उपाध्यक्ष डिल बहादुर थापा, सचिव गणेश बहादुर खड्का, संस्थापक सदस्य हरी बहादुर बिष्ट, जनप्रतिनिधी, नेपाल रेडक्रश सोसाइटी बाँकेका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको दैलेखी समाज बाँकेका अध्यक्ष पुर्णदेव गिरीले जानकारी दिए ।

Duduwa Tato hawa Bachau Image

दैलेखी समाज बाँकेको १७ गते वार्षिक उत्सव मनाउने कार्यक्रम रहेकाले सोही दिनसम्मै रक्तदान गर्न ईच्छुकले रक्तादान गर्न सक्ने पनि गिरीले बताए । उनका अनुसार मङ्गलबार (भोली) पनि आज रक्तादान भएकै स्थानमा रक्तादान गर्न ईच्छुकहरुको उपस्थिती रहने छ । यसैबिच आज बेलुका बागेश्वरी मन्दिरमा आरती प्रज्वलनसंगै विरुवा वितरणको कार्यक्रम समेत गरीएको छ ।