नेपाली जनसम्पर्क समिति उत्तर भारतद्वारा बीपी कोइराला स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपालगन्ज ७ साउन : नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रको आयोजनामा महामानव एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री नारायण प्रसाद सावतको उपस्थितीमा उक्त वृक्षारोपाण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
विशेष अतिथि पूर्व दूरसञ्चार राज्यमन्त्री गोविन्द बहादुर शाह तथा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डेको समेत उपस्थिती रहेको थियो ।
वृक्षारोपण कार्यक्रम : हरियालीप्रति योगदान
कार्यक्रम अन्तर्गत दिल्लीस्थित सञ्जय पार्क झिलमिल क्षेत्रमा वातावरणीय सन्तुलन र हरियाली प्रवद्र्धनको उद्देश्यले पीपल, स्वामी, नीम र बर लगायतका विभिन्न वृक्षहरूको वृक्षारोपण गरिएको थियो । सहभागीहरूले हरियाली संरक्षण र वातावरणीय सचेतनामा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
अन्तरक्रिया कार्यक्रम : बीपी कोइरालाको विचारमा संवाद
बीपी कोइरालाको जीवन, विचार र योगदानमाथि केन्द्रित अन्तरक्रिया कार्यक्रम लाजपत नगरमा सम्पन्न भयो । कार्यक्रममा लोकतन्त्र, समाजवाद, मानव अधिकार र प्रवासी भूमिकाबारे गहन छलफल गरिएको थियो ।
यस कार्यक्रममार्फत नेपाली जनसम्पर्क समिति उत्तर भारतले महामानव बीपी कोइरालाको विचारलाई स्मरण गर्दै प्रवासी नेपालीहरूबीच लोकतान्त्रिक चेतना, सामाजिक दायित्व र वातावरणीय उत्तरदायित्वको भावना सुदृढ गर्ने प्रयास गरेको छ । आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता समितिले दोहो¥याएको छ ।
कार्यक्रमको अध्यक्षता समिति उत्तर भारत क्षेत्रकी अध्यक्ष नन्दी कुमारी न्यौपानेले गरेकी थिइन भने सञ्चालन दयाराम रोकाले गरेका थिए ।
समितिका केन्द्रिय उपाध्यक्ष कृष्ण पाण्डे, कोषाध्यक्ष जनक गिरी, अनुशासन विभाग प्रमुख टेकराज पोखरेल, केन्द्रिय सदस्य सीता अधिकारी क्षेत्रीय तथा उपाध्यक्ष नरहरी घिमिरेको उपस्थिती रहेको थियो ।
यस्तै समितिका क्षेत्रीय कोषाध्यक्ष बाबुराम अधिकारी, संगठन सचिव झबिलाल अधिकारी, सल्लाहकारहरू सिबलाल, रजुनाथ पाण्डे, इन्दिरा पाण्डे, विद्यार्थी प्रतिनिधिका रुपमा नेपाल विद्यार्थी संघ, विदेशी क्षेत्रकी सहमहामन्त्री पूजा पाण्डेको उपस्थिती रहेको थियो ।
यस अवसरमा नेपाली जनसम्पर्क समिति भारत तथा उत्तर भारत क्षेत्रका विभिन्न तहका नेताहरू र पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।





0 Comments