क्यान्सर पीडितलाई सहयोग गर्न नेपालगन्जमा गरिदैँ ‘चिया’ अभियान

क्यान्सर पीडितलाई सहयोग गर्न नेपालगन्जमा गरिदैँ ‘चिया’ अभियान

नेपालगन्ज ५ साउन : क्यान्सरबाट मृत्यु भएकी तत्कालिन महिला तथा बालिबालिका कार्यालय बाँकेकी महिला विकास निरीक्षक विन्दू कुँवरको ‘स्मृति कोठा’ बनाउन तथा क्यान्सर पीडितलाई सहयोग गर्नका लागि नेपालगन्जमा ‘चिया’ अभियान सुरु गर्ने तयारी गरिएको छ । 

बालक्लबका पूर्व सदस्यहरुले सञ्चालन गरेको सहयात्री नेपाल नामक संस्था र विन्दु कुँवर फाउण्डेशनले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त अभियान शुरु गर्न लागेको जनाएको हो । 

‘एक चिया, एक जीवन, एक परिर्वतन’ भन्ने नाराका साथ सहयोगका लागि चिया अभियान यही साउन ९ गते शुक्रबार नेपालगन्जको त्रिभुवन चोकमा गरिदैँछ । त्यहाँ चियाको स्टल राखेर निःशुल्क चिया खुवाइनेछ भने चिया खान आउने मनकारी, दयालु, मानवसेवीले क्यान्सर पीडितलाई सक्दो सहयोग गर्न सक्नेछन् ।

चिया अभियानबाट सहयोग प्राप्त भएको रकमको ८० प्रतिशत निलसागर सेवा आश्रमको भवन निर्माणमा सहयोग गर्ने सहयात्री नेपालका कोषाध्यक्ष सल्मान सल्मानीले बताए । उनका अनुसार निलसागरको भवन बनेपछि एउटा कोठालाई विन्दू कुँवर स्मृती बनाइनेछ । सहयोगको २० प्रतिशत रकम क्यान्सर पीडितलाई सहयोग गर्ने सहयात्री नेपालकी श्वेता गुरुङ्गले जानकारी दिइन् । 

पत्रकार सम्मेलनमा सहभागी नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अभियान नयाँ र राम्रो भएको बताए । उनले स्वर्गीय बिन्दू कुँवरको योगदानलाई स्मरण गर्दै मनकारी मनहरुलाई सक्दो सहयोग गर्न आग्रह गरे ।

विन्दू कुँवरकी छोरी सम्बिधा थापाले पैसा नकमाएपनि इज्जत कमाउन अग्रसर हुनु भन्ने आमाले दिने गरेको अर्ति अनुसार आफु अघि बढेको बताईन् । उनले भनिन् आमॉविन्दू’ले अनाथ बालबालिका, हिंसा पीडित महिला र बृद्धबृद्धा पक्षमा उहाँले पु¥याउनुभएको योगदान अनुसरणीय छ हामी, बिर्सन सक्दैनौ ।’

उनले अभियानमा सहयोग गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, अधिकारकर्मी, अभियन्ता, विभिन्न संघसंस्था तथा ब्यक्ति सबैलाई आह्वान गरिन् ।


Duduwa Tato hawa Bachau Image

सहयात्री नेपालका कोषाध्यक्ष सल्मानीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सदस्य श्वेता गुरुङ्गले अभियानको बारेमा प्रष्ट पार्दै प्रेस नोट वाचन गरेकी थिइन् भने कार्यक्रम सचिव देवा बहादुर क्षेत्रीले सञ्चालन गरेका थिए । खुला शत्रमा पत्रकारहरुले चिया अभियानका बारेमा प्रश्न तथा जिज्ञासा राखेको थिए ।

लामो समयसम्म महिला तथा बालिबालिका कार्यालय बाँकेमा रहेर काम गरेकी महिला विकास निरीक्षक विन्दू कुँवर क्यान्सर विरुद्ध लामो समय लडिरहदाँ सन् २०२० मा निधन भएको हो ।

क्यान्सरबाट ग्रसित रहँदासमेत कुँवर अनाथ बालबालिका, हिंसा पीडित महिला र बृद्धबृद्धाका पक्षमा जस्तो सुकै चुनौतीसँग डटेर काम गर्ने निडर स्वभावकी थिइन नै स्वर्गीय कुँवर आफ्नो काम प्रति त्यतिकै संवेदनशील थिइन् । पीडितहरुलाई उद्धारदेखि न्याय दिलाउनसम्म हर काममा डटेर लाग्ने कुँवर ती मुद्दाहरु टुङ्गोमा नपुग्दासम्म पछी हटेका घटनाहरु छैनन् । महिला तथा बालबालिकाका संरक्षण र सामाजिक रुपान्तरणका लागि उनले पु¥याएको अतुलनिय योगदान जति प्रशंसा गरेपनि कम हुन्छ ।