बर्दियाको शाहीपुरमा गोरुले हानेर ६७ वर्षीय पुरुषको मृत्यु
- | नेपाखबर | अपराध–घटना
- ५ साउन २०८२, आइतवार
- नेपाखबर
नेपालगन्ज ४ साउन : बर्दियामा आफैंले पालेको गोरुले हानेर एक जनाको मृत्यु भएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको आईतबार मृत्यु भएको हो ।
छुटेको गोरुलाई बाध्न गएका बेला हानेर वृद्धको मृत्यु भएको ठाकुरबाबा नगरपालिका–५ का वडा अध्यक्ष शम्भु प्रसाद थारुले बताए ।
‘गोरु बाँध्य डोरी लिएर जानु भएको रहेछ,’ वडाध्यक्ष थारुले भने, ‘घर देखि टाढा र एकान्त भएकोले गोरुले हान्दा कसैले देखेन, घटना स्थलमै उहाँको मृत्यु भएको रहेछ, म पनि घटना स्थलमै छु । मुचुल्का उठाउने काम भइरहेको,’ अध्यक्ष थारुले भने ।





0 Comments