कर्णाली बैंक प्रकरण : राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ

कर्णाली बैंक प्रकरण : राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ

नेपालगन्ज ३ साउन : कर्णाली विकास बैंकको घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ परेका छन् ।

केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शुक्रबार काठमाडौंको टोखा क्षेत्रबाट राष्ट्र बैंकका पूर्वअनुमगन अधिकृत भुवन बस्नेतलाई पक्राउ गरेको हो ।

सिआइबी स्रोतका अनुसार उनी कर्णाली विकास बैंकको अनुगमनका लागि खटिएका अधिकृत थिए ।

यो पनि कर्णाली बैंक अपचलन प्रकरण : तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ

योसँगै यस बैंकको घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ ।

यसअघि प्रहरीले नेकपा (एमाले)का नेता पशुपति दयाल मिश्रलाई पक्राउ गरेको थियो । उनी बैंकको तत्कालीन अध्यक्ष थिए ।

मिश्र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार भई पराजित भएका थिए । मिश्र २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए ।

Duduwa Tato hawa Bachau Image

यो पनि कर्णाली बैंक हिनामिना प्रकरणः संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

त्यस्तै तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पनि पक्राउ परिसकेका छन् ।

कर्णाली विकास बैंकमा २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना भएको सिआइबीको निष्कर्ष छ । उनीहरूमाथि अनुसन्धान गर्न सिआइबीको टोली नेपालगञ्जमै छ ।