कर्णाली बैंक हिनामिना प्रकरणः संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

कर्णाली बैंक हिनामिना प्रकरणः संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

File Photo

नेपालगन्ज १८ जेठ : पश्चिम नेपालकै पहिलो विकास बैंक कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई प्रहरीले पक्राउ गरेको छ । 

बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो ।

उक्त बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरारको सूचीमा थिए । बैंकको रकम हिनामिना प्रकरणमा रायलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले बताए । 

२०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय २०७६ देखि २०७९ सालसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए । उनी यसबीचमा पटक–पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए ।

रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ । सल्यान स्थायी घर भएका राय पछिल्लो समयमा बाँकेका स्थायी बासिन्दा रहेका थिए । सीआईबीका प्रमुख खापुङका अनुसार यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरू समेत अनुसन्धानको दायरामा परेका छन् ।

Duduwa Tato hawa Bachau Image


उक्त प्रकरणमा बैंकका पूर्वसिईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरज विक्रम शाह लगायतहरु पनि अनुसन्धानको दायरामा तानिएका छन् । बैंकमा हिनामिना भएको आरोप लागेपछि बैंकका सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा गत पुष ५ गते छानविन समिति गठन भएको थियो ।

समितिले अनियमिततामा रायसहितका व्यक्तिले १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने राय दिएको थियो ।