बैजनाथ गाउँपालिकाको प्रशासकीय भवन विधिवत रुपमा उद्घाटन
- | नेपाखबर
- ३० असार २०८२, सोमवार
- नेपाखबर
बैजनाथ ३० असार : बाँकेको बैजनाथ गाउँपालिकाको प्रशासकीय भवन आईतबार विधिवत रुपमा उद्घाटन गरिएको छ । गाउँपालिका कार्यालय रामपुरमा धार्मिक विधिपुर्बक पुजाआजा गरेर भवन उद्घाटन गरिएको हो ।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, योजना शाखा प्रमुख डोटी नेपालीले धार्मिक विधिपुर्बक पुजा गरिसकेपछि रिवन काटेर उद्घाटन गरिएको थियोे ।
सो क्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर रुचाल ठकुरी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, बैजनाथका १ देखि ८ वटै वडाका वडाअध्यक्ष तथा कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख, अन्य कर्मचारी, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
प्रशासनिक भवनका लागि २०७६ साउन ४ गतेदेखी लागू हुनेगरी ४ करोड ९७ लाख १९ हजार ५ सय ७ रुपैयाँमा सम्झौता भई २०७९ असोजमा सम्पन्न भएको थियो । सो भवन निर्माणको जिम्मा श्री एमके कन्ट्रक्सन धनगढी कैलालीले लिएको थियो ।
उक्त भवन निर्माणका लागि जिल्ला समन्वय समिति बाँकेले २ करोड ४६ लाख रुपैयाँ ब्यहोरेको थियो भने बाँकी रकम बैजनाथ गाउँपालिकाको रहेको योजना शाखा प्रमुख डोटी नेपालीले जानकारी दिए ।





0 Comments