हलबलडोलीमा करेन्ट लागेर एकको मृत्यु
- | नेपाखबर | अपराध–घटना
- २७ असार २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज २७ असार : बाँकेको डुडुवा गाउँपालिका –३ हलबलडोलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार करेन्ट लागेर ४० वर्षीय राधे खटिकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले खेतमा पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका खटिकलाई उपचारका लागि भेरी अस्पतालमा लग्दा चिकित्सकहरुले मृत घोषणा गरेको बताए ।
खटिकको शवको पोष्टमार्टम गरेर आफन्तलाई बुझाइसकिएको उनले बताए ।
वर्षाको समयमा विद्युतीय उपकरणमा करेन्ट आउने सम्भावना धेरै हुने गरेकाले यो समयमा विद्युतीय उपकरण प्रयोग गर्दा होसियार भएर मात्र प्रयोग गर्न सर्वसाधारणलाई जिल्ला प्रहरी कार्यालय बाँकेले अनुरोध गरेको बाँकेका प्रहरी प्रवक्ता पातलीले बताए ।
साथै उनले खोलानालामा समेत अहिले पानीको बहाव र गहिराई दुबै बढेकाले बालबालिकालाई खोला नालानजिक जान नदिन समेत अनुरोध गरिएको बताए ।





0 Comments