खजुरा गाँउपालिकाको खर्च प्रगति ९५ प्रतिशत

खजुरा गाँउपालिकाको खर्च प्रगति ९५ प्रतिशत

खजुरा २७ असार : बाँकेको खजुरा गाँउपालिकाले आव ०८१-८२ मा आम्दानीका आधारमा ९५ प्रतिशत रकम खर्च गर्न सफल भएको छ । पालिकाले घाटा बजेटकै बीच आम्दानीका आधारमा ९५ प्रतिशत बजेट खर्च गर्न सफल भएको हो ।

पालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार आव ०८१÷८२ का लागि ७८ करोड ९२ हजार ७५५ बजेट बिनियोजन गरिएकोमा चालु तर्फ ५२ करोड ५ लाख ८३ हजार ३५० र पुँजीगत तर्फ १७ करोड ९५ लाख २६ हजार १३१ रुपैयाँ सहित ७० करोड १ लाख ९ हजार ४८१ खर्च गरेर बिनियोजन तर्फ ८९.७४ प्रतिशत खर्च प्रगति गर्न सकेको गाँउपालिकाले जनाएको छ ।

आम्दानी तर्फ पालिकाले ७२ करोड ९३ लाख २६ हजार ३३१ रहेकोमा आम्दानीको अनुपातमा ९५.९९ प्रतिशत खर्च गर्न सकेको गाँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए । उनले बेरुजु घट्दै गएको र लक्ष्य अनुसारको खर्च प्रगति बढ्दै गएको जनाउँदै लक्ष्य नजिक पुग्न सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरेका छन् ।

Duduwa Tato hawa Bachau Image

कार्य प्रगतिमा आफुलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने पालिका अध्यक्ष, उपाध्यक्ष,, वडा अध्यक्षहरु, वडा सदस्य, गाउँपालिका कार्यालयका प्रबबिधिक कर्मचारी, शाखा प्रमुखहरुलगायत सबैलाई सक्रिय योगदानको कार्यप्रगति प्रति उनले धन्यवाद ब्यक्त गरे । आगामी बर्षहरु मा पनि खजुरा गाउँपालिकाको बेरुजु कम र कार्य प्रगति बढाउने कार्यमा सबै जिम्मेवार ब्यक्तित्वबाट आफुले अपेक्षा राखेको उनले बताए ।