तेस्रो संस्करणको वेष्टर्न ट्राभल मार्टको खर्च साढे तीस लाख

तेस्रो संस्करणको वेष्टर्न ट्राभल मार्टको खर्च साढे तीस लाख

नेपालगन्ज १८ असार : नेपालगन्जमा सम्पन्न वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करणको खर्च सार्वजनिक गरिएकोछ । नेपालगन्जमा बुधबार पत्रकार सम्मेलन मार्फत वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करणको खर्च सार्वजनिक गरिएको हो । 

नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको संयोजनमा गत जेठ २६ गते समपन्न र्माटको कुल ३० लाख ५४ हजार २ सय २९ सय ७५ पैसा खर्च भएको छ । जसमा ४ लाख ४५ हजार ७ सय ७० दशमलव २५ पैसा बचत भएको आयोजक नाट्टा बाँकेले जनाएकोछ । 

नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) च्याप्टर बाँके अध्यक्ष श्रीराम सिग्देलले प्रस्तुत गरेको खर्च विवरणमा तेस्रो संस्करणको मार्ट सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाबीच भएको सम्झौता अनुसार २६ लाख नेपाल पर्यटन बोर्डले ब्यहोरेको र नेपालगन्ज उपमहानगरपालिकाले ५ लाख व्यहोर्ने गरि खर्च गरिएको बताए । 

उनका अनुसार मार्ट सञ्चालनका दौरानमा नेपालगन्जमा सञ्चालित फुड लेनका लागि नाट्टा बाँके च्याप्टरलाई पर्यटन विसका परिषद् लुम्बिनीबाट तीन लाख र नेपालगन्ज उपमहानगरपालिकाले एक लाख सहयोग गर्ने प्रतिवद्धता गरेअनुरुप सोही अनुसार खर्च गरिएको छ । 

यो पनि नेपालगन्जमा शुरु भयो तेस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट

नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले मार्ट सञ्चालनका दौरान जुन शैलीमा सामाजिक सञ्जाल र बजारमा आर्थिक खर्च भएको भनेर फैलिएको हल्लाको कुनै तुक नभएको बताए । 

उनले नेपाल पर्यटन बोर्डबाट खर्च भएको रक नेपालगन्ज उपमहानगरपालिकाको खातामा प्राप्त हुने र त्यहाँबाट सम्बन्धित पार्टीहरुलाई सिधैै भुक्तानी दिने व्यवस्था समेत रहेको स्पष्ट पारे । 

उनले पश्चिम नेपालको पर्यटकीय संभावना उजागार गर्न, भएका गन्तव्यहरुको ब्राण्डिङ गर्न आयोजक समिति सबै सदस्यहरु र सबै पक्षले गरेको योगदानको मुक्तकण्ठले प्रसंशा गर्दै हार्दिक धन्यबाद दिए ।

तेस्रो संस्करणको मार्ट सञ्चालन गर्दा नेपाल, भारत, यूरोप सहित २०७ जना(पूर्वमा काठमाण्डौंदेखि पश्चिममा बाजुरासम्मका) पर्यटन व्यवसायीहरु सहभागि भएको आयोजक नाट्टा बाँकेले जनाएकोछ । 

यो पनि पश्चिममा पर्यटकीय गतिविधि बढाउन ‘तेस्रो वेष्टर्न ट्राभल मार्ट’ गरिदैँ

Duduwa Tato hawa Bachau Image

यस्तै मार्टका सहभागीहरलाई पश्चिम नेपालका पर्यटकीय गन्तब्यहरुको बारेमा प्रस्तुतिकरण, भिडियो र बुकलेटमार्फत जानकारी गराइएको, सहभागीमध्ये ६८ जनालाई पश्चिम नेपालका प्रमुख पर्यटकीय गन्तब्यहरुमध्ये बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी र कर्णाली नदीमा ¥याफ्टीङको आनन्द दिलाएर संलग्न संस्था र मिडियाबाट यी पर्यटकीय गन्तब्यहरुको प्रचासर प्रसार गरेको, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको थप प्रचार प्रसार लागि पर्यटक आकर्षित गर्ने रोयल बंगाल टाइगरको चित्रलाई मायाको चिनो बनाइएको र सो को नियमित उत्पादनका लागि स्थानीय व्यवसायीहरुसँग र मायाको चिनोको रुपमा वितरण गर्न सम्बद्ध सरकारी कार्यालय र संघसंस्थासँग पैरवी गरिएको तथा हरेक वर्ष झैं यस वर्ष रैथाने खानाका परिकारहरुको प्रर्वद्धनका लागि स्ट्रिट फुड लेन सञ्चालन गरेर नेपालगन्जको आर्थिक समृद्धिका लागि खानाका रैथाने परिकारहरुको रात्रीकालिन बजारले टेवा पु¥याउन सक्छ भन्ने कुरा प्रमाणित भएको नाट्टा बाँकेले जनाएकोछ । उक्त स्ट्रिट फुड लेनमा ७ हजार जनाले रैथाने खानाको स्वाद लिएको अनुमान गरिएकोछ । 

पश्चिम क्षेत्रमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यले हरेक वर्ष नाट्टा  बाँकेले नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा पर्यटन विकास परिषद लुम्बिनी प्रदेश, नेपालगन्ज उद्योगा बाणिज्य संघ, होटेल एसोसियसन र होटेल व्यवसायी बाँकेको सहकार्यमा उक्त मार्ट सञ्चालन गर्दै आएकोछ ।