लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिकोत्सव
- | नेपाखबर
- १८ असार २०८२, बुधवार
- नेपाखबर
नेपालगन्ज १८ असार : लुम्बिनी प्राविधिक विश्वविद्यालयले तेस्रो वार्षिकोत्सव मनाएको छ । नेपालगञ्जको एक होटलमा कार्यक्रम गरी विश्वविद्यालयले वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको सामाजिक विकास मन्त्री एवं सहकुलपति जन्मजय तिमिल्सेनाले उद्घाटन गरे । उनले लुम्बिनी प्राविधिक विश्व विद्यालयले गति लिइसकेको र अब व्यवस्थापनलाई बलियो बनाएर जानु पर्ने बताए ।
पूर्वमन्त्री रत्न खत्री, बादसाह कुर्मी र चन्द्रकेश गुप्ताले ३३ जना विद्यार्थीबाट सुरु गरेको विश्व विद्यालयमा अहिले दुई सय बढी विद्यार्थी पुग्नुले यो विश्व विद्यालयले गति समातिसकेको बताए ।
उपकुलपति प्रा.डा.विनोद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कुलसचिव रेगबहादुर भण्डारीले लुम्बिनी विश्व विद्यालयले राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष व्यक्ति उत्पादन गरिरहेको बताए ।
बाँकेको खजुरामा बनाउने निर्णय भएको लुम्बिनी प्राविधिक विश्व विद्यालय अहिले नेपालगन्जमा भाडाको घरमा सञ्चालन भइरहेको छ ।
खजुरा गाउँवालिकाका अध्यक्ष डम्बर विक तुफानले भदौदेखि विश्व विद्यालयको प्रशासनिक काम खजुराबाट हुने जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम गरेका थिए । पुस्तकालय अधिकृत तेजुकुमारी विष्टले सञ्चालन गरेको कार्यक्रममा डिन निरज केसीले विश्व विद्यालयको बारेमा प्रकाश पारेका थिए ।





0 Comments