एसईईपछि के पढ्ने ? सोचौं !

एसईईपछि के पढ्ने ?  सोचौं !

मनवीर नेपाली

सबै बिषयको उत्तीकै महत्व हुन्छ । तपाईले उक्त बिषय कति इफोर्ट लगाएर पढ्नु हुन्छ ?, कति बुझेर बढ्नु हुन्छ ? र, कति ब्यवहारिक बनाउन सक्नु हुन्छ । त्यसैमा त्यस बिषयको अर्थ रहन्छ ।

भर्खरै एसईईको परिक्षाफल प्रकाशित भयो । सबैलाई हार्दिक बधाई ! धेरै बिद्यार्थीहरुलाई लाग्छ होला राम्रो बिषय लिएर पढ्ने । हो स्वभावैले सबैलाई राम्रो विषय पढ्न मन लाग्छ । तर, अहिले धेरै बिद्यार्थीको बिचार प्राबिधिक पढ्नेमा छ । यसले अभिभावकको आर्थिक अवस्थामा असर पनि पर्न सक्छ । बिचार के गरौं भने पहिलेका र अहिलेका पनि नेपालका धेरैजसो प्राज्ञहरु, लेखकहरु, साहित्यकारहरु, नेताहरु, संगितकारहरु, गायकहरु, पत्रकारहरु, चित्रकारहरु, फिल्मका हिरो–हिरोईनहरु, फिल्म मेकरहरु, ठुला तहका ब्यापारीहरु, बैकर्सहरु, साहित्यकारहरु सबैले प्राबिधिक बिषय नै पढेका हुन र ? सबै थरिका छन । त्यसैले सबै बिषयको उत्तीकै महत्व हुन्छ । तपाईले कति इफोर्ट लगाएर उढ्नु हुन्छ ?, कति बुझेर बढ्नु हुन्छ ? र कति ब्यवहारिक बनाउन सक्नु हुन्छ ।

त्यसैमा त्यस बिषयको अर्थ रहन्छ । पढाइ परिक्षामुखी र जागिरमुखी भएमा पढाइको महत्व रहदैन । पढाइले जीवन सिकाउन सक्नु पर्दछ र जीवन पढ्न सक्नु पर्दछ र मात्र त्यो पढाइमा सार्थकता हुन्छ । हरेक मान्छे फरक हुन्छ र उस्को जीवनको प्रश्नपत्र पनि फरक हुन्छ । उक्त प्रश्न हल गर्न र सफल जीवन यापन गर्न उक्त प्रश्न पत्र राम्रोसंग हल गर्न र पास हुन सक्नु पर्दछ । यसको लागि परिक्षामुखी पढाइ गर्यौं भने हामीले उक्त जीवनको परिक्षामा हामी फेल हुन्छौं । त्यसैले बुझेर पढ्नु पर्दछ भनेर भनिएको हुन्छ । त्यसैले आफ्नो मौलिकतामा उत्तर लेख्नुहोस भनेर भनिएको हुन्छ । त्यसैले प्राबिधीक मात्र नभएर लिवरल आर्टस(साहित्य, कला, दर्शन ...) पनि महत्वपूर्ण हुन्छ । अहिले आएर अन्य प्राबिधीक पढ्नेले पनि राम्रा बिश्वका बिद्यालयहरुले लिवरल आर्टस पढ्नु पर्दछ भनेर जोड दिईएको छ । सन् २०१३मा शिक्षा मन्त्रालयले गरेको देशब्यापी अध्ययनले कक्षा ८ का बिद्यार्थीमा सोच्ने, तर्क बितर्क गर्ने र संज्ञात्मक क्षमतामा अत्यन्त कमी भैरहेको देखाएको छ । बिजगणितमा त अत्यन्त कम्जोर छन हाम्रा बिद्यार्थी भनेको छ ।

त्यसो भए केही छैन । जे बिषय आफूले पढ्न मिल्छ त्यही बिषय लिएर आफुलाई पायक पर्ने कलेजमा आफुलाई मन पर्ने बिषय छानेर मन ध्यान लगाइर पढ्दा पनि हुँदोरहेछ नी । होईन र ? नेपालमा अहिले जम्मा बिश्व बिद्यालयिय जनसंख्या हेर्दा ४३ प्रतिशतले ब्यवस्थापन बिषय, ५ प्रतिशतले स्वास्थ्य, ४.५ प्रतिशतले इन्जिनियरिङ्ग त्यस्तै १ प्रतिशत जतिले कृर्षि बिषय पढेको पाईन्छ । बाँकीले मानबिकी र अन्य बिषय अध्यन गरेको पाईन्छ । (अन्तरवार्ता, केदार भक्त माथेमा, द काठ्माण्डु पोष्ट, जुलाई ९, २०१८) ।

यसरी हेर्दा बिद्यार्थीको प्राबिधिक तर्फको उर्लदो रुचिलाई सरकारले पनि ध्यान दिएर आवश्यक छात्रबृत्ती र पुर्वाधारको विकास गरिदिएको भए दुर्गम र सुगमका सबैले प्राबिधिक धारमा शिक्षा लिन पाउने थिए । तर त्यो अवस्था त छैन । केही निजि स्तरबाट शहरी क्षेत्रमा खुलेका प्राबिधिक शिक्षालयहरु पनि अत्यन्त महंगा छन । सबैले सहजरुपमा भर्ना हुन र अध्ययन गर्न सक्ने अवस्था छैन । माथि पनि भनिसकियो जुन बिषय पढेपनि हुन्छ तर त्यस बिषयमा अब्बल हुनु पर्दछ । 

विषय कसरी छान्ने ?

पहिलो कुरो आफ्नो रुचि के हो ? त्यसलाई निक्र्योल गर्ने र रुचि अनुसार आफ्नो जी.पी.ए. कुन बिषयमा कति छ त्यसलाई बिचार गर्ने । त्यस पछी आफ्नो अभिभावकको आयश्रोत के छ र उक्त आयश्रोतले उक्त बिषय पढ्न पुग्छ की पुग्दैन त्यो बिचार गर्ने । 

आफूले पढ्ने बिषयको बजारको अवस्था के छ त्यसलाई पनि राम्ररी बिचार गरेर बिषय छान्दा वेश हुन्छ । मानौं कुनै बिषय छान्नु भयो तर त्यो बिषय पढेर जागिर पाउने वा स्वरोजगार हुने अवस्था छैन भने त्यस्तो बिषयमा सकेसम्म हात नहाल्ने । 

कुनै पनि बिज्ञापनको पछाडी दौड्नु भन्दा पनि आफ्नो आर्थिक अवस्था, बिषयको महत्व, बिषयको बजारको अवस्था, पढीसके पछी हुने आम्दानी जस्ता कुरालाई बिचार गरेर बिषय छान्नु पर्दछ । 

अर्थात कुन बिषयमा आफ्नो तत्परता कति छ भन्ने कुरा पनि बिर्सनु हुदैन । किन भने बिद्यार्थीको रुचिमा पर्ने बिषय भयो भने आधा भन्दा बढी बिषयसंग सम्बन्धित ज्ञान त बिद्यार्थी आफैले खोज गरेर थाहा पाएको हुन्छ । 

आफ्नो शारिरीक अवस्था, मानसिक अवस्था, आफू बस्ने भौगोलिक अवस्था र सामाजिक अवस्था सबैलाई बिचार गरी बिषय छानेर अध्ययनलाई अगाढी बढाउदा बेश हुन्छ । 

यति हुदा–हुदै पनि सबैले प्राबिधिक बिषयनै पढ्नु पर्दछ भन्नु छैन । माथि पनि चर्चा गरिसक्यौ कि साहित्यकार, राजनितिज्ञ, कलाकार, उद्योगपति, लेखक, ब्यापारी र अन्य थुप्रै नाम चलेका ब्यक्तिहरु पनि अरु बिषय पढेका हुन । तर, प्राबिधिक बिषय पढेका पनि छन । 

त्यसैले मैले प्राबिधिक बिषय पढ्न पाईन भनेर चिन्ता मान्नु पर्दैन । जुन बिषय पढेपनि त्यसमा अब्बल नतिजा ल्याएर पढ्ने र त्यसैमा राम्रो गर्न सके राम्रो हुन्छ । जस्तो मान्नुहोस, अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प, यो भन्दा पहिलेका राष्ट्रपति बाराक ओबामा, बेलायतकी पूर्ब प्रधान मन्त्री टेरिजा मे, उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन, भारतिय प्रधान मन्त्री नरेन्द्र मोदी वा पूर्ब प्रधानमन्त्री अटल बिहारी बाजपेय, संयुत्त राष्ट्रसंघका महासचिवहरु एन्टीनियो गुटेरस वा अन्य यो भन्दा पहिलेका महासचिवहरु वा नेपालका मुख्य सचिवहरु वा राष्ट्र बैंकका गर्भनरहरु वा भनौं यस्तै प्रशासनिक बेत्ताहरु पनि अरु सामाजिक, भाषा बिषय, राजनिति रास्त्र, समाज सास्त्र, इतिहास, भूगोल, मास मिडिया, संचार, ब्यवस्थापन, इकोनोमिक्स, साहित्य, बिज्ञान वा अन्य यस्तै बिषय पढेका हुन ।

उनीहरुमा देश प्रति माया भयो, बिषय प्रति माया भयो र उनीहरुले नाम कमाउन सके र देशलाई योगदान पनि दिए । त्यस्तै मदर टेरेसा, अनुराधा कोइराला, पुष्पा बस्नेत, पाकिस्तानकी अभियन्ता र नोवेल शान्ति पुरस्कार बिजेताः मलला युसुफजाइ, नेपालका नमो बुद्ध, नारायण गोपाल, रामकृष्ण ढकाल, अरुणा लामा, पारिजात, राष्ट्रीयगानका रचनाकार ब्याकुल माईला, महजोडी (मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य) हरु पनि अन्य बिषय नै पढेका हुन । तपाईहामी सबैलाई थाहा छ । त्यसैले लिवरल आर्टसको महत्व कतिरहे छ हामीले पनि जानकारी लियौं ।

Duduwa Tato hawa Bachau Image

त्यसैले आत्तिनु हुंदैन । आत्तिनु पर्दैन । तपाईलाई जुन बिषयमा रुचि छ । कला, साहित्य, बिज्ञान, गणित, भाषा वा ब्यवस्थापन वा इतिहाँस, समाज शास्त्र जस्ता बिषय लिएर पढ्दा पनि राम्रै हुन्छ । पछी आफूलाई विकास गर्ने त तपाईको निरन्तर मेहनेत र परीश्रममा भर पर्दछ । हो, प्राबिधिक बिषय पढेमा चाँडो जागिर पाईन्छ तर कालन्तरमा त जुन बिषय पढे पनि काम पाईन्छ । त्यो तपाईको लगाव, मेहनेत र परिश्रममा भर पर्दछ । 

अहिलेको ट्रेन्ड नै प्राबिधिक शिक्षातर्फ छ र सरकारले वा राज्यले पनि प्राबिधिक शिक्षामा जोड दिएको अवस्था छ तर सबै अटाउने ठाँउ बनाउन सरकारले सकेको छैन । सामान्य आर्थिक अवस्था भएकाले सहजै पढ्न सक्ने अवस्था पनि छैन र देशको सबै स्थानमा पनि प्रबिधिक शिक्षालयहरु छैनन । बिद्यालयहरुले सबै बिद्यार्थीहरुलाई प्राबिधिक र राम्रा बिषय पढ्न सक्ने बनाउन पनि सकेका छैनन् । अहिले प्राबिधिक बिषय पढ्न कम्तिमा राम्रा भनिएका बिषयमा सि प्लस जीपीए ग्रेड ल्याउन सक्नु पर्दछ तर, तिनै बिषयमा दुर्गम ठाउँका बिद्यार्थी डि ग्रेममा झरेका छन । 

त्यसैले माथि नै भनियो की संसारका नाम चलेका ब्यक्तित्वहरुले पनि त प्राबिधिक भन्दा अरु बिषय नै पढेका रहेछन । हेर्नु भयो स्टेफेन हकिन्स पनि प्राबिधिक नभएर बिज्ञान बिषयका बिद्यार्थी रहेछन ।  त्यसैले अभिभावक लाई पनि सहज हुने र आफूलाई पनि सहज हुने बिषय पढेर देश विकासमा टेवा दिन सकिन्छ ।  

त्यसैले हामी जुनसुकै ठाउँ वा स्थानका बिद्यार्थी भए पनि र जे जस्तो आर्थिक हैसियतका बिद्यार्थी भए पनि चिन्ता गर्न पर्दैन । तपाईंलाई जुन बिषय मन पर्छ त्ही बिषय पढ्नुहहोस । आफ्नो घरको आर्थिक अवस्थालाई ध्यान दिएर सोही अनुसारको कलेज छानेर सोही अनुसार पढाईलाई निरन्तरता दिनुहोस् । हामीमा क्षमता छ र मेहनेत गर्ने ताकत छ भने हामीले संसारलाई थुप्रै कुरा दिन सक्दारहेछौं । त्यसैले मेहनेत गरौं । क्षमता बढाउँ ।

संसारमा जे पनि हुन सक्छ । बिषयको र प्राबिधिक बिषयको पछीलागेर बाबु–आमालाई दुःख नदिउँ । आफूमा बिश्वास गरौं र जुनसुकै बिषय वा स्ट्रिम भएपनि मेहनेत गरेर पढ्ने बानीको विकास गरौं । आफ्नो रुचि अनुसार बिषय छानेर पढौं यसैमा तपाईंको भलाई हुन्छ र अभिभावकको रुचि भन्दा पनि आफ्नो रुचि बिचार गरौं । 

.........................................................सम्पर्कका लागि ९८४८०२९३४१  .......................