खजुरामा कृषि चम्काउँदै पालिका

खजुरामा कृषि चम्काउँदै पालिका

File Photo

नेपालगन्ज १४ असार : बाँकेको खजुरा गाउँपालिकाका अधिकाशं गाउँहरु तत्कालीन पुनर्वास कम्पनीले इजरायली मोडेलमा बसाएको बस्ती हो । त्यसैले पनि धेरैलाई अनौठो लाग्ने अंग्रेजको अफ्लावेट (ए–बि–सि–डी) बाट खजुराका अधिकाशं गाउँहरुको नामाकरण गरिएको थियो ।

त्यसबेला अङ्ग्रेजी अल्फावेटको (ए–बि–सि–डी)संगै बाग्मतीनगर, गैरिनगर, अमरबस्ती जस्ता गाउँका नाम राखिए पनि अहिले चलनचल्तीमा (ए–बि–सि–डी)का नामहरु नै रहेका छन् ।

इजरायली मोडेलमा बसाएको बस्ती र उर्वर भुमिको कारण खजुरा कृषिको केन्द्र बनेको थियो । तत्कालीन कपास बिकास समितीको केन्द्रिय कार्यालय नै खजुरामा रहेका कारण पनि कपास उत्पादनमा बाँके र बाँकेको खजुरा अग्रस्थानमा आउथ्यो ।

त्यसपछि आलु, धान, गहुँ, चना, रहर,मसुरो जस्ता खाद्य बाली उत्पादनमा खजुरा अब्बल साबित भएको थियो । त्यसै बेला खजुरामा खाद्यान्नको गल्लाको लागी समेत प्रख्यात थियो । त्यसबेला खजुरा (हालको खजुरा ३ को बजार) गल्ला ब्यापारको केन्द्र समेत थियो ।

कृषि क्षेत्रको प्रबद्र्धनमा भएका प्रयास

बिस्तारै खजुराले आफ्नो कृषि उत्पादनलाई नगदेबाली तर्फ मोड्दै गरेको देख्न सकिन्छ । नगदेबाली (तरकारी खेती तर्फ) आकर्षित बनेका किसानले खजुरामा विशेषत (मौसमी र बेमौसमी) टमाटर, बन्दा, काउली, मुला, साग, आलु, भिण्डी, बोरी लगायतका हरियो तरकारी उत्पादन गर्दै आएका छन् ।

बेलाबखत कृषि उपजले मूल्य नपाउदा किसान चिन्तित हुनुपरेको यथार्थ बाँकेको खजुराको पनि समस्या हो । देशको विभिन्न हिस्सामा किसानले आफ्नो उत्पादनले मूल्य नपाउदा सडकमै फालेर बिरोध गरेको त कहिले खेतमै नष्ट गरेको तस्वीर बेलाबखत सार्वजनिक भैरहन्छन् । यस्तोमा खजुरा गाउँपालिकाले भने उत्पादनमा अनुदान र ढुवानी सहयोग गरि बजारीकरण गर्न सहयोग गर्दै आएको छ ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले खजुरा गाउँपालिकामा उत्पादन भएका कृषि उपजलाई सहकारी मार्फत बिक्रिका लागि उत्पादनमा अनुदान र ढुवानी सहयोग गरि बजारीकरण गर्न सहयोग गर्दै आएको बताउँछन् ।

‘खजुरा गाउँपालिकाले पालिकामा उत्पादन भएको कृषि उपजले मूल्य नपाएको अवस्थामा खजुरामा रहेको बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी संस्था लि.हाटबजारमा सम्पर्क गर्न सकिने ब्यवस्था हामिले मिलाएका छौँ’, अध्यक्ष बिकले भने ।

पालिकाले पालिकामा उत्पादन भएको उपजहरु सहकारी मार्फत कृषि उत्पादन बिक्रि लागी उत्पादनमा अनुदान र ढुवानी सहयोग गरि बजारीकरण गर्ने नीति लिएको अध्यक्ष बिक बताउँछन् ।

त्यस्तै खजुराले पालिकालाई कृषिमा आत्मनिर्भर मात्रै होइन जिल्लामा कृषिको हब बनाउन पालिकाले एक वडा एक नमुना फर्म कार्यक्रम सञ्चालन गरेको छ ।

खजुरा गाउँपालिकाले यो आवमा पुष्प खेति कृषकहरुलाई अनुदान प्रदान गरेको छ भने ६० प्रतिशत अनुदानमा तरकारी तथा च्याउको बिउ ७०० जना कृषकहरुलाई वितरण गरेको कृषि शाखाका प्रमुख पुनम पोखरेलले बताए ।

त्यस्तै खजुराले यो आवमा मागमा आधारित ५० प्रतिशत अनुदान कार्यकम, हाटवजार निर्माण, माटो परीक्षणको शुरुवात समेत गरेको छ, जसको लागी माटो परिक्षण प्रयोगशाला स्थापना गरिसकेको छ । त्यस्तै गाउँपालिकाको सिचाँई तथा जलस्रोत कार्यक्रम अन्तरगत ३३० जना लाभान्वित भएको छन् भने अनुदानका कार्यक्रममा लागत साझेदारीबाट २०० जना कृषक लाभान्वित भएको पालिकाको तथ्यांकले देखाएको छ ।

त्यस्तै खजुरा गाउँपालिकाले किसानको क्षमता वृद्धि, आधुनिक कृषिको ज्ञानको लागी खजुरा गाउँपालिकाका किसानको लागी कृषक तालिमको ब्यवस्था गर्दै समेत आएको छ । जसमा पालिकाका २२५ बढी किसानहरुले तालिम प्राप्त गरेको खजुरा गाउँपालिकाको तथ्यांकले देखाएको छ भने कृषिमा लगानी बढाउन र कृषि क्षेत्रको सहि डाटा संकलन गरेर कृषिको योजना तर्जुमा र आउने भैपरीका कार्य गर्न खजुरा गाउँपालिकाले खजुरा गाउँपालिका भित्र रहेका कृषकको तथ्यांक संकलनको कार्यलाई समेत आफ्नो असल अभ्यासको रुपमा प्रस्तुत गरेको छ ।

खजुरा गाउँपालिकाले खजुरा गाउँपालिकामा कृषि क्षेत्रको बिकासको लागी अनेकन प्रयासहरु गरेको छ । त्यसै अन्तरगत खजुरा गाउँपालिकाको कृषि शाखाले बाली प्रतियोगिता समेत आयोजना गर्दै आएको छ । यसरी बढी बाली उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गरिदै आएको खजुरा गाउँपालिका कृषि शाखाका प्रमुख पुनम पोखरेलले बताउछिन् ।

‘हामिले हरेक बर्ष बढी अन्न उत्पादन गर्ने कृषक छनौट गर्ने प्रतियोगिता संचालन गरेर बढी अन्न उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्दै आएका छौँ भने किसानहरुको किसान परिचयपत्रको कार्य समेत अगाडी बढाएका छौं, जसमा हाल वडा नम्बर ४ र ८ मा उक्त कार्य भैरहेको छ’ शाखा प्रमुख पोखरेलले बताइन ।

Duduwa Tato hawa Bachau Image

कृषि क्याम्पस संगको सहकार्यमा पढ्दै पढाउदै कार्यक्रम

खजुरा गाउँपालिका आफैमा कृषिको उर्बर क्षेत्र हो । कृषिकै लागी उपयुक्त माटो र राम्रो सम्भावना बोकेको बजार क्षेत्र समेत रहेको पालिका हो । त्यसैमा खजुरा गाउँपालिकामै कृषि क्याम्पस समेत स्थापना भएर कृषि बैज्ञानिक उत्पादनमा अग्रणी बन्ने होडमा रहेको छ खजुरा गाउँपालिका ।

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफैंले कमाएर अध्ययन गर्न पाउने गरी कार्यविधि तयार पारेको छ ।

स्वआर्जन गरी अध्ययन गर्न चाहने र गरिबीको कारणबाट आय आर्जन गरी पढ्नुपर्ने अवस्थाका विद्यार्थीलाई लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ तयार पारेको हो ।

कार्यविधिले स्वआर्जन गर्न चाहने र गरिब परिवारका विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ ।

यस्तोमा बाँकेको खजुरा गाउँपालिकाले खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायबाट प्राकृतिक स्रोत व्यवस्थापन कलेज (कृषि क्याम्पस)संगको सहकार्यमा पढ्दै पढाउदै कार्यक्रम अगाडी बढाएको छ ।

बाँकेको खजुरा गाउँपालिका इजरायली मोडेलमा बसेको बस्ती हो, इजरायल बिश्वमै कृषिमा अगाडी छ । खजुरा गाउँपालिका वडा नम्बर ३ मै कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेज रहेको छ, त्यसैले पनि खजुरा गाउँपालिकाले पढ्दै पढाउदै कार्यक्रम मार्फत खजुराको कृषि उत्पादन र कृषि बिज्ञको उत्पादन गर्न मद्धत पुग्ने बिश्वास लिएको पालिका अध्यक्ष डम्बर बहादुर बिक तुफान बताउँछन् ।

‘हाम्रै पालिकामा कृषि क्याम्पस रहेको छ र हाम्रो खजुरा गापा इजरायली मोडेलमा बसेको बस्ती हो र बाँके र खजुरालाई कृषिमा अब्बल साबित गर्ने उदेश्यले पनि सरकारको पढ्दै पढाउदै कार्यक्रम कृषि क्याम्पस संगको सहकार्यमा हामिले अगाडी बढाएका छौं । खजुराकै कृषि क्याम्पसबाट कृषि बैज्ञानिक निस्कनेछन तसर्थ पनि भाईबहिनिहरुको अध्यनको लागी पनि यो कार्यक्रम उपयोगी बन्ने बिश्वास हाम्रो छ’, अध्यक्ष बिकले बताए ।

पालिकाको बजेटमा कृषि

खजुरा गाउँलालिकाले आव २०८०–८१ को लागि कृषिमा १ करोड १२ लाख बिनियोजन समेत गरेको छ ।

गाउँसभाबाट पारित बजेटमा कृषि क्षेत्रको यान्त्रिकरण र व्यावसायीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै बजारिकरण मार्फत कृषि क्षेत्रको प्रवर्दन गर्न कृषि तर्फका कार्यक्रम गरेको र कृषि क्षेत्रलाई महत्वपुर्ण क्षेत्रका रुपमा लिइ कृषि क्षेत्रको विकास गर्न कृषि तथा सिँचाई तर्फ रु. एक करोड १२ लाख रकम बिनियोजन गरिएको छ ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले खजुरा गाउँपालिकाको समग्र बिकासको लागी कृषिले खेल्ने भुमिका उल्लेखनीय रहेको हुँदा कृषि तथा सिँचाईलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिइ कृषि क्षेत्रको यान्त्रिकरण र व्यावसायीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै बजारिकरण मार्फत कृषि क्षेत्रको प्रवर्दन गर्न कृषि तर्फका कार्यक्रम अगाडी सारिएको बताइन् ।