नेपालगञ्ज वडा नम्वर २ को सार्वजनिक सुनुवाइ सम्पन्न

नेपालगञ्ज वडा नम्वर २ को सार्वजनिक सुनुवाइ सम्पन्न

नेपालगन्ज १३ असार : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर–२ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा बास नेपालको सहजिकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । 

सुनुवाईको अन्तमा ६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा सार्वजनिक सुनुवाईलाई नियमित गर्ने, विश्व पर्यटकीय धार्मिक स्थलमा रहेको बागेश्वरी मन्दिरको ३ वटा बाँकी रहेका प्रबेशद्वारमा गेट निर्माणका लागि नगरपालिकाद्वारा बागेश्वरी सर्किटको योजनामा राख्न पहल गर्ने, वडाको लोनियमन टोल लगायतका टोलहरुमा अटेरि गरि सडकमा फोहर, निर्माण सामाग्रि थुपारेको गुनासो आएकाले त्यसता व्यक्तिहरुको पहिचान गरि आवश्यक कार्वाही गर्ने, बुद्ध टोलमा सडक बत्ति जडान गर्ने रहेका छन् । 

यसैगरी बुद्धटोलमा सडक बत्तिको आवश्यकता रहेको भन्ने गुनासो आएकाले तत्कालै स्थलगत अनुगमन गरि बत्ति जडान गर्ने, वडालाई समृद्ध वडा बनाउनको लागि सबै राजनैतिक दलका प्रमुख प्रतिनिधिहरुसँग आवधिक बैठक आयोजना गर्ने र सुझाव सल्लाह संकलन गर्ने र संबिधानको मर्म अनुरुप वडा भित्रका मन्दिर व्यवस्थापन समितिमा महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन आवश्यक पहल गर्ने रहेका छन् । 

Duduwa Tato hawa Bachau Image

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको कार्यक्रममा वडाका सहायक पाँचौ राम कुमार पौड्यालले वडाको प्रगति प्रतिबेदन प्रश्तुत गरेका थिए भने वडाको नीति, कार्यक्रम वडाध्यक्ष मनेज श्रेष्ठले प्रश्तुत गरेका थिए । वडा सदस्य तुलसा देबि परियारले स्वागत गरेको कार्यक्रमको समापन पूर्ब अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।कार्यक्रममा सय बढि वडावासीहरुको उपस्थिती रहेको थियो ।