जानकी गाउँपालिकाको ५२ करोड ३६ लाखको बजेट
नेपालगन्ज ११ असार : बाँकेको जानकी गाउँपालिकाले आर्थिक बर्ष २०८२-८३ का लागि ५२ करोड ३६ लाख ९६ हजार ६ सय २१ रूपैयाँ बराबरको बजेट ल्याएको छ । उपाध्यक्ष रामप्यारी यादवले १८औं सभामा बजेट प्रस्तुत गरेकी थिइन् ।
यादवले प्रधानमन्त्री रोजगार कार्यक्रम, लघु उद्यम विकास कार्यक्रम, सहकारी तथा वित्तीय सेवा, शिक्षा विकास खानेपानी तथा सरसफाई, स्वयंसेविका खर्च, विपद व्यवस्थापन कोष, विपद व्यवस्थापन कार्यक्रम, वडा स्तरीय योजना, समपूरक कोष वैकल्पिक उर्जा, फोहोरमैला व्यवस्थापन, तराई मधेश समृद्धि कार्यक्रम, मर्मत सम्भार कोष, गत वर्षको दायित्व, उपाध्यक्ष योजना कार्यक्रम, पूर्वाधार विकास शाखा, भूमी व्यवस्थापन खर्च, नयाँ दायित्व सिर्जना, गाउँपालिका चालू खर्च, वडा स्तरीय चालू खर्च, लक्षित कार्यक्रम, न्यायिक समिति सञ्चालन तथा व्यवस्थापन, कर्मचारी कल्याण कोष, एम्बुलेन्स व्यवस्थापन खर्च, कन्या विद्यालय व्यवस्थापन खर्च, पालिका स्तरीय विविध कार्यक्रम, कृषि शाखा, पशु शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक, स्वास्थ्य शाखा, गाउँपालिका स्तरीय योजना, आर्थिक विकास, सामाजिक विकास, वन वातावरण तथा विपद व्यवस्थापन, पूर्वाधार विकास, सुशासन तथा क्षमता विकास लगायतका क्षेत्रलाई समेटी बजेट प्रस्तुत गरेकी थिइन् ।
संघिय सशर्त अनुदान रु. २२ करोड ६९ लाख, संघिय समानीकरण अनुदान रकम रु. ११ करोड ४९ लाख, प्रदेश समानीकरण अनुदान ७९ लाख ३६ हजार, संघिय राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम रु. १० करोड ६३ लाख ९८ हजार ६ सय २१, प्रदेश राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम रु. १ करोड ३ लाख ६२ हजार, संघिय समपूरक अनुदान रकम रु. ५० लाख, प्रदेश समपूरक अनुदान रकम रु. ७५ लाख, प्रदेश विशेष अनुदान रु. १७ लाख, समानुपातिक आन्तरिक श्रोत आम्दानी रकम रु. १ करोड ५० लाख र अल्या रकम रु. १ करोडको प्रस्तावित बजेट प्रस्तुत गरिएको हो ।
गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विकले संचालन गरेको सभामा गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडाध्यक्षहरु मो. रजा राई ,चन्द्रिका प्रसाद गुप्ता ,राज कुमार कुर्मी, रमेश कुमार बर्मा, टिकानाथ यादव, जगदिश प्रसाद हरिजन, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।





0 Comments