‘लालीबजार’ पोष्टर सार्वजनिक, फागुन १ मा आउने
- | नेपाखबर | मनोरञ्जन
- १० असार २०८२, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज १० असार: ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्न लागेको फिल्म ‘लालीबजार’लाई लिएर दुईवटा नयाँ खबर छन् । पहिलो– यो फिल्मको प्रदर्शन मिति फागुन १ गतेलाई तय छ ।
दोस्रो– यो फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । निर्माताले मंगलबार टिजर पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति र अभिनेत्री खड्काको संलग्नताबारे जानकारी दिएका हुन् ।
निर्माता म्याक्स दिपेश खत्रीले स्वस्तिमाले केही दिनअघि मात्र फिल्म साइन् गरेको बताए । ‘षट्कोण आट्र्स’ व्यवसायिक हिट फिल्म ‘जात्रा’ श्रृंखलाको लागि परिचित छ ।
‘लालीबजार’को टिजर पोस्टरमा स्वस्तिमालाई गर्भवती महिलाको भूमिकामा देख्न सकिन्छ । उनको श्रृंगार र हाउभाउले सेटिङ, मुड र चरित्र चित्रणबारे प्रकाश पार्छ ।
यम थापाको लेखन तथा निर्देशन हुने यो फिल्मलाई खत्री र रवीन्द्रसिंह बानियाँले निर्माण गर्दैछन् । कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।
अन्य कलाकारबारे जानकारी दिइने निर्माताले बताएका छन् । यो फिल्मको छायांकन आउँदो दशैं लगत्तै गर्ने तयारी छ । षट्कोण आट्र्सले यसअघि ‘टलकजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायतका फिल्ममा अन्य ब्यानरसँग सहकार्य गरेको छ । ‘लालीबजार’ ब्यानरको एकल फिल्म हो ।





0 Comments