शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा

नेपालगन्ज ६ असार : शशीला मोटर्सले शाखा विस्तार गर्दै बाँकेको नेपालगन्जमा नयाँ विक्री कक्ष शुरु गरेको छ । शुक्रवार लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले राँझा चोकस्थित नयाँ विक्री कक्षको उद्घाटन गरेका हुन् । 

उद्घाटन कायक्रममा पूर्व मन्त्री खत्रीले विद्युतीय सवारीसाधनको माग बढनु सकारात्मक भएको बताएका छन् । वातावरण प्रदुषण र इन्धन खपत कम गर्न विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ थियो । 

उनले सेवा विस्तारसंगै गुणस्तरमा विशेष ध्यान दिन र यातायात ब्यवसायीलाई दीर्घकालीन रुपमा साथ दिन शशीला मोटर्सलाई सुझाव दिएका छन् ।   

कार्यक्रममा विशिष्ट अतिथि कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले नेपालगन्ज र कोहलपुर क्षेत्रमा पछिल्लो समय इभी गाडिको प्रयोगमा बढोत्तरी भएको बताए । 

आगामी दिनमा यो संख्या अझै बढ्ने भएकाले ग्राहकको रुची अनुसारको सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको उनको भनाइ थियो ।  

शशीला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खडिवडाले नेपालगन्ज शाखा चौथो शाखा भएको जानकारी दिंदैँ ग्राहकको रुची अनुसार नै सेवा विस्तारको काम भइरहेको बताए । उनका अनुसार हाइगर, किटोन, भ्यान्चे, चेरी वान्डा र रुइसु जस्ता ब्रान्डहरुसंग शशीलाले साझेदार गरीरहेको छ ।  

कार्यक्रममा नमस्ते गोरखा यातायात प्रालीका अध्यक्ष विनोद रिजाल, भेरी यातायात प्रालीका अध्यक्ष जुनवहादुर थापा ,राधाकृष्ण यातायात प्रालीका अध्यक्ष सनत रेग्मी, नागरिक यातायात प्रालीका अध्यक्ष दीपक शर्मा, नमस्ते कान्तिपुर यातायात प्रालीका अध्यक्ष थमन रोकाया, भेरी स्टार प्रालीका अध्यक्ष बिष्णु प्रसाद पोखरेल लगायतले शशीला मोटर्स र गाडी खरिद गर्ने ग्राहकहरुलाई शुभकामना दिएका थिए ।  

Duduwa Tato hawa Bachau Image

कार्यक्रममा शशीला मोटर्स नेपालगन्जबाट इभी गाडि खरिद गर्ने ग्राहकहरुलाई चाबी र विशेष उपहार प्रदान गरीएको थियो भने भरखरै मात्र शशीला मोटर्सले नेपाल भित्रयाएको चेरी ब्राण्डको इभी बसमा उपस्थिति सबैलाई यात्रा गराइएको थियो । 

दश वर्षदेखि ब्यवसायिक सवारी साधनहरुको विक्री वितरण गर्दै आइरहेको शशीला मोटर्स अहिले विश्वप्रसिद्ध ब्रान्डहरुको नेपालका लागि आधिकारीक वितरक बनेको छ ।