प्रथम मेयर कप भलिबल प्रतियोगिताको फाईनल समीकरण पुरा
नेपालगन्ज २९ जेठ : नेपालगन्जमा जारी प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा भएको छ।
महिलातर्फ युनाईटेड र आदर्शं माबि तथा पुरुषतर्फ धम्बोजी माबि र जय जनता फाईनलमा प्रबेश गरेका छन् ।
महिलातर्फ बिहीवार भएको सेमीफाईनल खेलमा युनाइटेडले सगरमाथालाई २५–९, १९–२५ र २५–१६ ले तथा आदर्श माबिले जय बागेश्वरीलाई २५–१५, २५–१७ ले पराजित गर्दै फाईनलमा प्रबेश गरेका हुन् । सेमीफाईनलमा पराजित सगरमाथा र जय बागेश्वरी तेस्रो स्थानका लागि भिड्ने छ ।
यो पनि नेपालगन्जमा शुरु भयो प्रथम नगर मावि स्तरीय मेयर कप भलिबल प्रतियोगिता
त्यस्तै पुरुषतर्फ भएको सेमीफाईनल खेलमा धम्बोझी माबिले युनाइटेडलाई २५–२२, २५–२१ ले तथा जय जनताले मंगल माबिलाई २७–२५, २५–१४ ले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेका हुन् । पराजित हुने युनाईटेड र मंगल तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । भोलि बिहान तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजे फाईनल खेल हुने प्रतियोगिता संयोजक राकेश श्रीवास्तवले जानकारी दिए ।
पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता सञ्चालनमा भईरहेको छ।
जेठ ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको छ ।
नक आउट प्रणालीका आधारमा खेलाइएको उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पूर्ब खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिएका छन् ।





0 Comments