भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृत फेला
- | नेपाखबर | विदेश | अपराध–घटना
- २६ वैशाख २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज २६ वैशाख : भारतबाट नेपाल फर्किँदै गरेका एक नेपाली बस भित्रै मृत फेला परेका छन् ।
बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडिहामा गोर्खा घर भएका ४६ वर्षीय चेतबहादुर पन्त बसमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए ।
बिहारबाट रुपैडिहाका लागि हिँडेका पन्तको घर गोर्खाको गण्डकी गाउँपालिका फुजेल भएको खुलेको छ । डीएसपी पातलीले उनको साथमा रहेको नागरिकताका आधारमा पन्तको सनाखत भएको जानकारी दिए ।
पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको भारत रुपैडिहास्थित प्रहरीले जनाएको छ । बिहार हुँदै रुपैडिहा आएको बसमा रहेका पन्त गाडीबाट नझरेपछि हेर्दा मृत फेला परेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेको र उनलाई जानकारी गराएर आफन्तलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी पातलीले बताए ।





0 Comments