बैजनाथबाट ब्राउन सुगरसहित थारु पक्राउ
- | नेपाखबर | अपराध–घटना
- २३ वैशाख २०८२, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज २३ वैशाख : बाँकेको बैजनाथबाट ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–७ पेडारीका ३३ वर्षीय युवक अभिषेक थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
बाँके प्रहरीका अनुसार थारुलाई सोमबार राति बैजनाथ–७ पेडारीबाटै १ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर र १५ सय रुपैयाँसहित इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।
ब्राउन सुगरसहित पक्राउ परेका थारुसँग लागूऔषध कसुरमा इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।





0 Comments