आगलागीबाट करिब ३४ लाखको क्षति
- | नेपाखबर | स्वास्थ्य | अपराध–घटना
- २२ वैशाख २०८२, सोमवार
- नेपाखबर
नेपालगन्ज २२ वैशाख : भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट ३४ लाखको क्षति भएको पाइएकोछ । यही वैशाख १३ गते भएको आगलागीबाट करिब ३४ लाखको क्षति भएको बताइएको हो ।
यो पनि : भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड क्षति
अस्पतालले आगलागी हुँदा तीन करोड बढीको क्षति भएको अनुमान गरेको बताएपनि क्षतिको विवरण संकलनपश्चात ३३ लाख ८० हजार रूपैयाँ बराबरको औषधिहरू पूर्णरूपमा क्षति भएको पाइएको मेसु डा. निराजन सुवेदीले जानकारी दिए ।
उनका अनुसार ७४ लाख ४१ हजार बराबरको औषधि प्रयोग गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा औषधि व्यवस्था विभागसँग समन्वय गर्नुपर्ने अवस्थाको रहेको छ ।
अस्पतालमा एक करोड ५५ लाख बढीको स्टक रहेकोमा ४६ लाख ८१ हजार मूल्य बराबरको औषधिहरू सुरक्षित रहेको पाइएको सुवेदीले जानकारी दिए ।





0 Comments