अपराधिक लाभ लिन नहुने कसूरमा उदय श्रेष्ठ पक्राउ

अपराधिक लाभ लिन नहुने कसूरमा उदय श्रेष्ठ पक्राउ

नेपालगन्ज १६ वैशाख : जिल्ला प्रहरी कार्यालय बाँकेले अपराधिक लाभ लिन नहुने कसूरमा एक जनालाई पक्राउ गरेको छ ।

अपराधिक लाभ लिन नहुने कसूरमा परेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज–१० का उदय बहादुर सिंह श्रेष्ठलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिएका छन् ।

Duduwa Tato hawa Bachau Image

श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । डीएसपी पातलीले भने, ‘उहाँलाई पक्राउ गरेका छौं, अब सबै कुरा अनुसन्धानबाट खुल्नेछ ।’ श्रेष्ठ ध्वनी खबर डटकमका सञ्चालक हुन् ।