नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : दीपक गिरी

नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : दीपक गिरी

नेपालगन्ज १९ चैत्र : नेपाली काँग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक रहेको बताएका छन् ।

मङ्गलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग सांसद गिरीले यस्तो बताएका हुन् । उनले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताए । 

उनले नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिएको भए पनि चलखेल गरिएको उनको आरोप छ । उनले नेपाल हिन्दुराष्ट्र बन्न आवश्यक रहेको बताए ।


Duduwa Tato hawa Bachau Image

‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ । त्यो खोलियोस् त । त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेको थियो । कसैले हिन्दु राष्ट्रलाई हटाऊ भनेको अवस्था थिएन,’ उनले भने, ‘संसारभरि एउटा हिन्दु राष्ट्र भएको हेर्ने धेरैको रहर थियो । अहिले पनि ती अभिलेख र रायहरु हेरियोस् । नेपालमा हिन्दु राष्ट्र अत्यन्त आवश्यक परिरहेको अवस्था छ ।’